आफ्नो विचार प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकारः कांग्रेस


नेपाली कांग्रेसले फरक मत राख्न तथा आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु सबैको नैसर्गिक अधिकार भएको जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध उठेका विरोधका स्वरलाई देश विरोधी र भनेर लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढङ्गले अभिव्यक्ति नदिन सरकारलाई चेतावनी दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सरकारको सर्वाेच्च अदालत र प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको टिप्पणी गरेको छ । प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्ति आफ्नै मर्यादित जिम्मेवारीविरुद्ध रहेको आरोप पनि प्रवक्ता शर्माले लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस