सलमान खानको बडीगार्ड शेराको छ पत्याउने नसकिने तलव


एजेन्सी । बलिवुड स्टारहरुको नाम त निक्कै चर्चामा रहन्छ । तर कुनै स्टारको बडीगार्ड पनि चर्चामा छन भन्दा अनौठो मान्नु पर्दैन । ति चर्चित बडीगार्ड हुन् शेरा ।

शेरा बलिउड अभिनेता सलमान खानको पछिल्लो २४ वर्षदेखि बडीगार्ड गरिरहेका व्यक्ति हुन् । उनको नाम गुरमीत सिंह जोली भएपनि उनलाई बलिवुड नगरीमा शेरा कै नामले चिनिन्छ। सलमानका लागि शेरा कर्मचारी होइनन्, उनी त परिवारका सदस्य नै हुन् । सलमान बलिवुडमा जति चर्चित छन शेरा पनि त्यति नै चर्चामा आइरहने बडीगार्ड हुन्।

शेराले हरेक सार्बजनिक कार्यक्रममा सलमान खानको सुरक्षा गर्दै आएका छन । त्यसैले त कुनै पनि भिडियोमा  सलमानलाई छुन खोज्ने धेरै फ्यानहरुलाई शेराले धकेलेको र हटाएको देख्न सकिन्छ । रोचक कुरा के छ भने सलमान जहाँ पुग्ने योजना बनाइरहेका हुन्छन्, शेरा एकदिन अघि नै त्यहाँ पुगिसकेका छन् । कैयौं पटक उनले बाटोको अवरोध हटाउनका लागि पाँच–पाँच किलोमिटरसम्म हिँडेका छन् ।

सलमानले शेरालाई आफ्नै परिवारका सदस्य माने झैँ शेराले पनि सलमानलाई आफ्नै भाई मान्दछन । उनीहरु बीच एक कर्मचारी र मालिकको सम्बन्ध मात्र छैन पारिवारिक सम्बन्ध पनि छ भन्ने यसले पुष्टि गर्दछ । तर विगत २४ वर्ष देखि सलमानको सुरक्षा गर्दै आएका शेराले पारिवारिक माहोल मात्र पाएका छैनन् । निक्कै ठुलो रकम तलव पनि पाउदै आएका छन । भारतीय मिडियाका अनुसार शेराले सलमानको बडीगार्ड गरेबापत नै वार्षिक दुई करोड रुपैया तलव बुझछन ।

प्रतिक्रिया दिनुहोस