हेमराज, ज्वालाको समुहद्वारा वैदेशीक रोजगार विभागमा छड्के, हाकिमको कुर्सि फ्याक्ने चेतावनी (भिडियो हेर्नुहोस)


बिहिबार युट्युबरहरु सहित केहि सामाजिक अभियान्ताको टोली बैदेशिक रोजगार बिभागमा पुगेका छन । उनीहरुको साथमा बैदेशिक रोजगारीको सिलसिलामा ठगिएका व्यक्तिहरु विभागमा आफ्नो समस्या लिएर पुगेका थिए ।

पिडितहरुको समस्या बैदेशिक रोजगार विभागमा नगएर आफ्नोमा आएको भन्दै अभियान्ताहरु विभागका महानिर्देशक कुमार दाहालप्रति आक्रोशित भएका थिए । विभिन्न मेनपावर र उनीहरुको एजेण्ड मार्फत लाखौ रकम उठाएर विदेशमा अलपत्र परेको तर विभाग भने अनदेखा बसेको भन्दै पिडित र अभियान्ताहरु महानिर्देशक प्रति रुष्ट भएका थिए ।

हेमराजले महानिर्देशक कुमार दाहालको कुर्सि फ्याक्ने भन्दै यसरी चेतावनी दिए । भिडियो हेर्नुहोस । 

प्रतिक्रिया दिनुहोस