४ करोड मूल्यको दुर्लभ मोती भेट्टाएका गरिब माझी किन पक्राउ परे?


एजेन्सी, २६ माघ । करिब ४ करोड रुपैयाँ मूल्य पर्ने दुर्लभ सुन्तला रंगको मेलो मोती भेट्टाएका एक गरिब माझी ला’गू’औ’षधसहितको पार्टी आयोजना गरेको अभियोगमा प’क्राउ परेका छन् । थाइल्याण्डका यी माझीले आफूले बहुमूल्य मोती भेट्टाएपछि खुसी मनाउन आफ्ना साथीहरुको लागि ला’गू’औ’षध मे’था’म्फे’टामाइन सहितको पार्टी आयोजना गरेको बताइएको छ ।

डेलीमेलको रिपोर्टअनुसार ३७ वर्षका हाचाइ नियोम्डेचाले साथीहरुलाई आफ्नो नाखोन सी थामारातमा रहेको घरमा शुक्रबार पार्टीको लागि बोलाएका थिए । आफूलाई त्यो दुर्लभ मोतीको लागि १ करोड थाइ भाटको अफर आएपछि उनले साथीहरुको लागि पार्टी आयोजना गरेका थिए ।

पार्टीका क्रममा ठूलो आवाजमा संगीत बजेको र आफूहरुले बाहिर सम्म ड्र’ग्सको ग’न्ध थाहा पाएको भन्दै छिमेकीहरुले पुलिसलाई खबर गरेका थिए । उ’जुरीपछि ती माझीको घरमा पुगेको पुलिसले मे’था’म्फे’टामाइनका हजारौं खाने चक्कीहरु बरामद गरेको थियो ।

गत हप्ता हाचाइले दुर्लभ मेलो मोती फेला पारेको खबर बाहिरिएसँगै उनी विश्वभरका समाचारपत्रमा छाएका थिए । घरनजिकै समुद्र किनारमा माछा मार्ने क्रममा उनले यो मोती फेला पारेका थिए । यो मोती विश्वकै महंगा मोतीमध्येको मानिन्छ । पुलिसले उनको घरमा भेटिएका ला’गू’औ’षध जफत गरेको छ । उनको घर नजिकै भेटिएको एउटा बट्टामा करिब १६०० चक्की मे’था’म्फे’टामाइन भेटिएका थिए । हाचाइले मेथाम्फेटामाइनका चक्की भएको बट्टा आफ्नो नभएको दावी गरेका थिए तर फरेन्सिक जाँचमा बट्टामा उनको औंलाको छाप भेटिएको छ ।

पुलिस कर्नेल चोकदी श्रीमुआंकका अनुसार पुलिसले असामान्य परिमाणको ला’गू’औ’षधका विषयमा हाचाइमाथि अनुसन्धान गरिरहेको छ । हाचाइले भने ला’गू’औ’षध आफ्नो भएको अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस