आधिकारिक रुपमा म’रि’सकेकी यी फ्रान्सेली महिलाले आफु जीवितै रहेको प्रमाणित गर्नलाई गरिन् यस्तो संघर्ष


एजेन्सी, १ फागुन । फ्रान्सकी एक महिला आफू जिउँदै रहे प्रमाणित गर्न सङ्घर्षरत रहेकी छिन् । उनि जिउंदै छिन् र पनि आधिकारिक रुपमा भने उनि म’रिसकेँकी छिन् । बीबीसीका अनुसार लियोननजिकै बस्ने ५८ वर्षीया महिलाको परिचयपत्र र चालक अनुमतिपत्रको बैधता बाँकी छैन, उनको सामाजिक सुरक्षा नम्बर रद्द गरिएको छ र स्वास्थ्य बीमाको पनि अवधि गुज्रिसकेको छ।

उनले आफू अदालत र सरकारी निकाय लगायत सबैका लागि म’रिसकेको बताएकी छन् । आफूलाई एउटा नारकीय चक्रमा गुडुल्किएको महसुस हुने गरेको उनले फ्रान्सको एउटा स्थानीय टेलिभिजन च्यानलसँग बताएकी छन् ।

अहिले उनी घर भन्दा बाहिर निस्कन छोडिसकेँकी छिन् । यदि गएमा प’क्राउ वा केही समस्यामा परेँ भने के हुन्छ यसको उत्तर उनीसंग नभएको बताएकी छन् । खाद्यान्न किन्न जानुपर्‍यो भने उनी आफ्नो अनुहार अरुलाई नदेख्ने गरी वा पसल बन्द हुनेबेला जाने गरेकी जनाएकी छन् । उनी थोरै सामान किन्नका लागि गएर फर्किहाल्ने गरेकी छन् ।

उनको पतिले किनमेल गर्ने गरेको र उनी बिहान उठ्ने वितिकै दिन चाँडै कटोस भन्ने चाहान्छिन् । आधिकारिक अभिलेखमा जानको मृ’त्यु भएको तीन वर्ष भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस