एलिना चौहानको अर्को गीत ‘जुन त्यो जुन’ सार्वजनिक (भिडियो)


काठमाडौं, ३ फागुन । मोडल निराजन प्रधान र एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘जुन त्यो जुन’ सार्वजनिक भएको छ । गायक अपाथ माप्छन र पछिल्लो समयको चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा कमल राईको शब्द तथा संगीत रहेको छ । कमलकै एरेन्ज पनि रहेको गीतको भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका छन ।

रिदम स्क्रिन क्रियशनले बाहिर ल्याएको भिडियोमा बुद्ध थापाको छायाँकन र सुशील न्यौपानेको सम्पादन रहेको छ । भिडियोका निर्देशन सोनम पाख्रिनले मोडलमार्फत युवा अवस्थामा जानेर नजानेर गरिने प्रेम पस्किएका छन् ।

भिडियो-

प्रतिक्रिया दिनुहोस