नाताले भाई पर्ने दिनेश भट्टलाई त्यो दिन भागरथीले रोइकराइ जत्ती बिन्ती गर्दा पनि छोडेनन (भिडियो सहित)


बैतडी, ६ फागुन । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत छात्रा भागरथी माघ २१ गते दिउँसो विद्यालयबाट घर फर्किंदै गर्दा एकाएक बेप-त्ता भएपछि २२ गते लबलेक जङ्गलमा ह-त्या गरिएको अवस्थामा श-व फेला परेको थियो । तालिमप्राप्त कुुकुर लिएर डीआईजी सुवेदी आफै बैतडी पुग्नुभएको थियो । उहाँको उपस्थितिले ह-त्या घट-नाको अनुसन्धानमा सुरक्षाकर्मीको मनोबल मात्र बढेन; थप सुझाव सल्लाह, निर्देशन र स्थानीयवासीसँगको समन्वय प्रभावकारी बन्यो । भारगथी ह-त्या घट-नाको १५ दिनपछि बुधबार प्रहरीले अभियुक्त १६ वर्षीय दिनेश भट्टलाई सार्व-जनिक गरेको छ ।

प्रदेश प्रहरी प्रमुख सुवेदीले सुरुवातको चरणमा अनुसन्धानको घेरा फराकिलो बनाए पनि भट्टको प-क्राउ पछि साँघुरिएको स्पष्ट पार्नुभयो । कुराकानीमा उहाँले भन्नुभयो, “अभियुक्त भट्टमाथि सुरुवातीकै चरणमा श-ङ्का गरे पनि स्वी-कारी नसकेकाले अनु-सन्धानले समय लिएको हो ।” ह-त्या घट-नाबाट सङ्कलित प्रमाणले अभियुक्त भट्टलाई कि-टानी गरे पनि प्रहरी भने उनकै मुखबाट सुन्ने प्रतीक्षामा थियो । सुवेदी पनि सुझबुझ, पर्याप्त प्रमाण तथा तथ्य आधार देखाएर अभि-युक्त सार्वजनिक गर्ने निर्णयमा पुग्नुभएको थियो । त्यही भएर अलि बढी समय लागेको हो । भिडियो सहित

प्रतिक्रिया दिनुहोस