चर्चित सञ्चारकर्मी रवि लामिछानेले सुरु गरे नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’


चर्चित सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले नेपालमा नया प्रविधियुक्त नया टेलिभिजन च्यानल ल्याएका छन ।

‘ग्यालेक्सी फोरके’नाम रहेको यस टेलिभिजन नेपालको पहिलो फोरके टेलिभिजन भएको छ । यस च्यानलमा स्वयम लामिछाने म्यानेजिङ डाइरेक्टर रहेका छन्। आज मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ग्यालेक्सी फोरके टिभीको घोषणा भएको हो ।

ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कारलगायत कार्यक्रम आउने भएको छ। न्युज२४ बाट लामिछाने बिदा भएपछि उनिद्वारा संचालित चर्चित कार्यक्रम ‘सिधा कुरा  जनतासंग’को दर्शकले निक्कै प्रतिक्षा गरिरहेका छन । उक्त कार्यक्रम पनि रबि लामिछानेले ग्यालेक्सी फोर्केबाट नै निरन्तरता दिने भएका छन ।

प्रतिक्रिया दिनुहोस