सर्वाेच्चको फैसलाले संवैधानिक समस्यालाई निकास दिएको छ ः सर्वाेच्च बार


सर्वाेच्च अदालत बार एशोसिएशनले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ ।

सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेले आज विज्ञप्तिमार्फत सर्वाेच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वाेच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको तथ्य स्थापित भएको उल्लेख गर्नुभएको छ ।

उक्त आदेशले विधिको शासन र संवैधानिक सर्वाेच्चतालाई स्थापित गरेको सर्वाेच्च बारको निष्कर्ष छ । सर्वाेच्चबाट भविष्यमा पनि संवैधानिक सर्वाेच्चता, विधिको शासन र मौलिक हक सम्बन्धमा सार्वभौम जनताले संविधानमार्फत स्थापित गरेको मूल्यमान्यतालाई अझ बढी संरक्षण र स्थापित हुनेछ भन्ने सर्वाेच्च बारको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस