‘शमी साहित्य साधना सम्मान’ वैद्यलाई


यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ ।

प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको रु एक लाख एक हजार १११ राशीको सो सम्मान यस वर्ष कम्युनिष्ट आन्दोलनमा पनि सक्रिय नेता तथा लेखक वैद्यलाई प्रदान गर्ने भएको हो । उहाँको पछिल्लो कृति ‘हिमाली दर्शन’ लोकप्रिय छ भने ‘माक्र्सवादी समालोचना’ चाँडै बजारमा आउँदैछ ।

सो प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले प्रतिभा चयनका लागि गठित प्रा.राजेन्द्र सुवेदी संयोजकत्वको समितिको सिफारिसबमोजिम निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । पुरस्कार यही फागुन २८ गते प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस