आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’


काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले ‘फेसन डिजाइनिङ अवार्ड’ जितेको छ । शुक्रबार आयोजित ‘फेसन फेयर अवार्ड–२०२०’मा आईआईएफटीले अवार्ड जितेको हो ।

आईआईएफटीले ‘ बेस्ट फेसन डिजाइनिङ अवार्ड’ अवार्ड पाएपछि कलेजकी कार्यकारी निर्देशक विपना थापाले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘फेसन डिजाइनिङ अवार्ड पाउँदा खुसी लागेको छ । यसको श्रेय आईआईएफटी परिवारलाई नै जान्छ ।’

ड्रिम्स एजेन्सीले आफ्नो सातौँ वार्षिकीको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न ५० वटा विधामा अवार्ड तथा सम्मान गरिएको प्रदान गरिएको छ । जसमध्ये फेसन क्याटगोरीमा १० वटा विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको हो । ती सिक्वेन्सबाटै ‘बेस्ट फेसन डिजाइनिङ इन्टिच्युट’ विधामा तीन वटा इन्टिच्युटले प्रतिस्पर्धा गरेका थिए ।
आयोजकका अनुसार अनलाइन भोटिङ सिस्टम र आन्तरिक मूल्याँकनका आधारमा उत्कृष्ट छनोट गरिएको हो ।

बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले विगत लामो समयदेखि फेसनका विद्यार्थी उत्पादन गर्दै आएको छ । पछिल्लो समय आईआईएफटी उत्कृष्ट फेसन इन्स्टिच्युटको रुपमा समेत स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस