‘बी’डिभिजन लिग : सातदोबाटो युथ क्लब विजयी


सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सादोबाटोले खुमलटार युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गर्नुभयो । यस्तै खुमलटारका लागि सविन केसी र आदिल हमिदले एक एक गोल गर्नुभएको हो ।

खेलको ११औँ मिनेटमा सातदोबाटोका तामाङले पेनाल्टीमार्फत पहिलो गोल गर्नुभएको हो । खेलको २६औँ मिनेटमा खुमलटारका केसीले गोल गर्दै एक एक गोलको बराबरीमा पु¥याउनुभयो । यस्तै खेलको ४८औँ मिनेटमा खुमलटारका हमिदले टोलीका लागि तेस्रो गोल गर्नुभयो । खेलको ६१आँै मिनेटमा सातदोबाटोका राईले गोल गर्दै २–२ गोलको बराबरीमा पु¥याउनुभयो ।

खेलको ७४औँ मिनेटमा सातदोबाटोका लागि बस्नेतले गोल गर्दै खेलको नतिजा ३–२ ले आफ्नो पक्षमा पार्नुभयो । जितसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा कायमै रहेको छ । सातदोबाटोले हालसम्म सात खेलमा १९ अङ्क जोडेको छ । खुमलटारको भने सात खेलमा १६ अङ्क छ । खुमलटार लिगको दोस्रो स्थानमा छ ।रासस

प्रतिक्रिया दिनुहोस