‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यविधि स्वीकृत’


कर्णाली प्रदेश सरकारले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७,’ स्वीकृत गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्ती विकास कार्यक्रमसहित छ वटा निर्णय गरेको छ ।

बैठकले प्रशासकीय कार्यविधि (नियमित गर्ने), ऐन (पहिलो संशोधन) अध्यादेश २०७७, जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो । “प्रदेश लोक सेवा आयोग (दोस्रो संशोधन), अध्यादेश, २०७७ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्न स्वीकृत प्रदान निर्णय भएको छ”, प्रवक्ता केसीले भन्नुभयो, “आन्तरिक मामिला तथा कानून मन्त्रालयको सिफारिसमा बाढीपहिरो समस्या समाधान समितिमा पदाधिकारी मनोनीत गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।”

त्यस्तै कर्णाली प्रदेश कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमतिका लागि स्वीकृति प्रदान गरिएको उहाँले जनाउनुभयो । उहाँका अनुसार सामाजिक विकास मन्त्रालयको प्रस्तावमा सामुदायिक क्याम्पस र बहुप्राविधिक शिक्षालयतर्फ विनियोजित बजेट रकम विद्यालयको पूर्वाधार विकासका लागि रकमान्तर प्रस्ताव गर्न स्वीकृति प्रदान गर्न निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस