भारतीय प्रधानमन्त्री मोदीले लगाए आफ्नै देशमा बनेको कोरोनाविरुद्धको खोप
काठमाडौं,१७ फागुन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मोदिले दिल्लीस्थित एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लगाएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।