पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, तर ट्युमरको शल्यक्रिया तत्काल गर्नु पर्ने


काठमाडौं,१७ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई क्यान्सर नभएको चिकित्सकले बताएका छन् । देहि दिन अघि स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका भट्टराईको स्वास्थ्य परिक्षण गरेका छन्। उनलाई क्यान्सर नभएपनि ट्युमरको शल्यक्रिया तत्कालै गर्न चिकित्सकले बताएका छन् ।

भट्टराईको न्युरो-इन्क्राइनको ट्युमरमा क्यानसर नभएको चिकित्सकको निष्कर्ष रहेको बताए । बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष निकालेको निकालेको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिए ।

भने उक्त ट्युमरलाई दुई/तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाएका छन् । यदि शल्याक्रिय गर्न ढिला भए क्यानसरको खतरा हुने चिकित्सकको भनाइ छ ।

भट्टराईको फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा परीक्षण भैरहेको थियो । भट्टराईको स्वास्थ्य परिक्षणमा खटिने डाक्टरहरु भारतका डा. प्रोफेसर विक्रम भाटिया,के टचर्जी नेपालका निरोज जोशी,सुरज अधिकारी,बुलन्द थापा लोचन थापा र अजित खनाललाई विशेष धन्यवाद दिएका छन् । भट्टराई भोलि मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने भएका छन् ।

प्रतिक्रिया दिनुहोस