साप्ताहिक रासिफल : फाल्गुन २३ गते आईतबारदेखी २९ गते शनिबार सम्मको


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । हप्ताको अन्त अथवा शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग साना साना कुरामा राय बाजिनेछ भने साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारेबार गर्दा वा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

मंगलबार सम्मको समय मध्यमय रहेकोले स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । बुधबार देखि समय उत्तम रहेकोले समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

हप्ताको पहिलो दिन अर्थात आईतबारको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुँने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सोमबारबाट समय मध्ययम रहेकोले काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुँनाले मनमा नरामाईलो महशुस हुँनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुँने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनआगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरिको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैया पैसा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ भने लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सवल हुँने ग्रहयोग रहेकोछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

हप्ताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । सोमबारबाट समय राम्रो रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ । बुधबार तथा बिहिबार नयाँ काम गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)

आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैलि बिलाशि रहनेछ । नया काम गरि आम्दानि बढाउन सकिनेछ भने भौतिक सम्पति तथा स्थाई सम्पति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुदा मन प्रशन्न रहनेछ । रमाईलो यात्राको तय गर्न सकिनेछ । परिवार सँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसि रहनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउदै अगि बढ्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बृश्चिक राशि भएकाहरुलाई यो हप्ताको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनि सँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको बिकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउँन कठिन रहेकोछ । साझेदारि व्यावसाय सकभर सुरु नगर्नु होला । बिलाशि बस्तुको प्रयोग गर्न पाईने भएपनि बढिनै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडि बढ्न सहज हुँनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । हप्ताको अन्त अथवा शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा अलि बढि ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬)

राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईने योग रहेकोछ । आमा तथा अग्रजहरुको आशिर्वाद लिएर अगाडि बढ्न सके साता फलदायि रहनेछ । उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुँनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ । पढाई लेखाईमा साथिहरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँदा मन प्रशन्न हुँनेछ । बुधबार र बिहिबारको समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मंगलबार सम्मको समय मध्ययम रहेकोले तपाईको व्यावहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । बुधबारदेखि समय राम्रो रहेकोले सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यापार फस्टाएर जानेहुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । बुधबारबाट समय मध्ययम रहेकोले समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईको आलोचना हुनेछ । अरुलाई दिएको बचन पुरा गर्न नसक्दा व्यार्थै दुख पाईनेछ । नया काम गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ । धन तथा सम्पति अरुले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नया ज्ञान तथा प्रवृधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडाब आउनेछ ।

तपाईको दिन शुभ रहोस ।

ज्योतिषी तारानाथ भण्डारी

०००

आजको राशिफल : वि.सं.२०७७ साल फाल्गुन २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख

वि.सं.२०७७ साल फाल्गुन २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी,३२ घडी ३९ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल,४२ घडी ५० पला,बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त पूर्वाषाढा । योग– सिद्धि,३० घडी २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी १६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस