‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनमा जजलाई रुवाउने धर्मेन्द्र सुुनारको अन्तरबार्ता हेर्नुहोस (भिडियो)


निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन आजदेखि सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन।

‘द भ्वाइस अफ नेपाल सिजन ३’को पहिलो भागमा बाजुराकाको बुुढिनन्दा नगरपालिका २ कोल्टि बस्ने २४ बर्षिय धर्मेन्द्र सुुनार र मेलिना मैनाली, गनविर बुढामगर, धु्रव तामाङ, सुजिता योञ्जन अघिल्लो राउन्डका लागि छनोट भएका छन् ।

बाजुराका बाट डिजीटल एडिसेन भ्वाइस अफ ‘द नेपालमा पठाएपछि धर्मेन्द्र सुुनार छनोट भएका थिए । भ्वाइस अफ ‘द नेपालका जजले उनको स्वर तथा कलालाई मन पराएपछि उनको घर बाजुराको कोल्टिमै भ्वाइस अफ ‘द नेपालको टिम बाजुरामा पुुगेर ल्याएको थियो । शुुक्रवार साँझ मात्र हिमालयन टेलिभिजनमा उनले आफ्नो प्रस्तुुति देखाएका थिए । उनको प्रस्तुुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनि निकै चर्चामा पनि आएका छन् ।

धर्मेन्द्र बिगत लामो समयदेखि सांगितिक क्षेत्रमा संघर्ष गर्दै आएको पनि बताए । आर्थिक अबस्था कमजोर भएकै कारणले धर्मेन्द्रले सांगितिक क्षेत्रमा समस्या भोग्दै आएको पनि बताए ।

अब हेरौं यो पहिलो अन्तरबार्ता ।

प्रतिक्रिया दिनुहोस