राजधानीका प्रत्यक घरधनीले पाउने भए प्रतिदिन ७५० लिटर मेलम्चीको पानी


मेलम्चीको पानी उपत्यका भित्रिसकेको छ तर त्यसलाई वितरण भने गर्न बाकी रहेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ ।

हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ । त्यस हिसाबले प्रतिघर ७५० लिटर दैनिक मेलम्चीको पानी पाउने छन । यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको हो ।

२०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ । प्रत्यक दिन दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए । मेलम्चीको पानी लाइनबाट सिधै ७ मिटर अर्थात अढाई तले घर माथि सम्म वितरण गर्न सकिने उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस