चर्चित गित मलाया हङकङको सफलता पछी मोडेल सोनिया लिम्बुको ‘ए माया मुसुक्क हास न ‘ बोलको म्युजिक भिडियो सार्बजानिक


काठमाण्डौ -१२ चैत्र | चर्चित गित मलाया हङकङको अपार सफलता पछी मोडेल सोनिया लिम्बुको ‘ए माया मुसुक्क हास न ‘ बोलको म्युजिक भिडियो सार्बजानिक भएको छ |

 

यस गीतको शब्द , संगीत र एरेन्ज चर्चित गित ‘कल्ले बोलायो’का सर्जक गायक तथा मोडेल रुद्र जी .एमको रहेको छ जुन गीतमा पछिल्लो समय निक्कै चर्चामा रहेको गित मलाया हङकङको सुन्दरी मोडेल सोनिया लिम्बु , नायक ,गायक तथा मोडेल रुकमान लिम्बु र कामना लिम्बुको उत्कृष्ट अभिनय रहेको छ | उक्त भिडियोमा जिबन्त माया प्रेमलाई देखाउन खोजिएको छ | प्रेमी प्रेमिकाको अनुपम सौगातलाइ वियोगमा पर्दाको अबस्था लाइ यस गितमा समेटिएको छ |

एक सफल इडिटर, क्यामेरा मेन तथा गायक बीबी लिम्बुको आवाजमा रहेको यस गीतमा प्रकाश लिम्बुको निर्देशन रहेको छ भने छायांकनमा डम्बर राइ र बीबी लिम्बु रहेका छन् | जुन गित P.K LUNGA युट्युब च्यानल मार्फत आज सार्बजानिक गरिएको छ

(भिडियो)

प्रतिक्रिया दिनुहोस