‘गारो छ हो’ का भट्भटे माइला यस्तो अवस्थामा भेटिए, अन्तरबार्तामै गरे यस्तो कमेडी (भिडियो)


करिब ६ वर्ष अघि खलंगा प्युठानवाट आफ्नो सपनाको भविष्य खोज्दै एक युवक काठमाडौं शहर पसेको थियो । जसलाई काठमाडौं नामक शहरले धेरै कुरा सिकायो । शुरुमा कामको अभावमा उनले शहरको नामी हस्पिटलमा लास कुर्ने काम देखि फोहोर उठाउने, भारि वोक्ने, आफ्नो ज्यान नै खतरामा राखेर विजूलीको पोलमा चढेर तार राख्ने लगायतका काम गरे । तर अहिले उनको दिनचर्या फेरीएको छ । अहिले उनी धेरै ठाँउमा आफ्नो कला प्रस्तुत गर्नमै व्यस्त रहन्छन् ।

उनको असली नाम वेगम नेपाली हो । तर उनी नेपाली कला क्षेत्रमा भट्भटे माइला का नामले परिचित छन् । उनी सामाजिक हास्यव्याग्त्मक प्रस्तुती र अभिनयले गर्दा दिनप्रतिदिन लोकप्रिय भइरहेका छन् । सानै उमेर देखिनै कला क्षेत्रमा केही गर्ने सपना बोकेका वेगम उर्फ भट्भटे माइलाले सात कक्षाको उमेर देखिनै आफ्नो कलालाई रेडियो प्युठान र रेडियो लिस्ने मार्फत श्रोता माझ प्रस्तुत गरेका थिए ।
उनी भट्भटेले आज आफ्नै सिरियल गारो छ हो सुपरहिट बनाएर देखाएका छन् । हेरौ उनीसंगको अन्तरबार्ता –

प्रतिक्रिया दिनुहोस