ह्वात्तै घट्यो सुनको मुल्य


बहुमुल्य धातु सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन २ सय रुपैयाँले घटेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोलामा ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस