किरणले नेपालमा द भ्वाइसको ब्लाईन्ड अडिसन दिदै गर्दा अमेरिकामा रहेका आमा बुबासहितको परिवारले पनि लाइभ हेर्दै थिए (भिडियो)


निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन।

द भ्वाइसमा अमेरिका देखि ब्लाईन्ड अडिसनमा आएका किरण गजमेरले चारै जना कोचलाई घुमाए पछी उनको निक्कै प्रसंसा भइरहेको छ । उनले गएको गित सुनेर चारै जना कोच मात्र फर्किएनन निक्कै प्रसंसा पनि पाए । किरणले ब्लाइन्ड अडिसन दिदै गर्दा उनका परिवारहरुले अमेरिकाबाट लाइभ हेरिरहेका थिए । आफ्नो छोराको प्रस्तुति देखेर किरणका आमाबुबा निक्कै हर्षित भएका थिए ।

भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस