पत्रकार महासङ्घ ललितपुरको अध्यक्षमा सागर


नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी हुनुभएको छ ।

बुधबार भएको महासङ्घको २६आँै महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गर्नुभएको छ । ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराउनुभयो ।

म्याग्दी– महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव)ले २७ मत प्राप्त गर्नुभयो । बुधबार भएको मतदानमा ६२ मतदातामध्ये ५८ मत खसेकोमा एक मत खाली परेको थियो ।

उपाध्यक्षमा हरिकृष्ण गौतमले (२९), महिला उपाध्यक्षमा रुद्रकुमारी खत्रीले (३०), सचिवमा सन्तोष गौतम (२९), कोषाध्यक्षमा अमित विश्वकर्मा (३०), सहसचिवमा प्रमोद शर्मा (३२), समावेशी सहसचिवमा साधन घर्ती राम्जालीले (२९ मत) प्राप्त गरी विजयी हुनुभएको छ ।

यसैगरी खुल्ला सदस्यतर्फ कृष्ण जिसी, सन्दिप खत्री, कमल खत्री, अमृत बाँस्कुने, सन्दिप शर्मा रिजाल विजयी हुनुभयो । दलित सदस्यमा पदम विश्वकर्मा, समावेशी सदस्यमा नजराना सिंह ठकुरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत प्रेमबहादुर कार्कीले बताउनुभयो ।

केन्द्रीय परिषद् सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा, महिला सदस्यमा जेनिसा पुरी, जनजाती सदस्यमा सुदर्शनकुमार श्रेष्ठ, प्रदेश परिषद् सदस्यमा निर्मल खत्री, विक्रम बोगटी, अमर बानियाँ र देवीप्रसाद शर्मा निर्विरोध निर्वाचित हुनुभयो ।

तनहुँ– महासङघ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित हुनुभएको छ ।

महासङ्घको बुधबार राति सम्पन्न महाधिवेशनमा पौडेलले ५७ मत ल्याएर निर्वाचित बन्नुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी शेख मोहम्द हनिफ (गोरा मियाँ)ले ५३ मत ल्याउनुभएको थियो । मियाँ प्रेस युनियन तर्फबाट उम्मेद्वार बन्नुभएको थियो । पौडेल प्रेस मञ्च नेपालको केन्द्रीय सचिव हुनुहुन्छ । तनहुँमा प्रेसमञ्च नेपाल र प्रेस चौतारीबीच गठबन्धन भएको थियो ।

त्यसैगरी उपाध्यक्षमा धनपति अधिकारी र अस्मिता खनाल, सचिवमा प्रताप राना, सहसचिवमा प्रकाश अधिकारी, सहसचिव समावेशीतर्फ मिला दरै, कोषाध्यक्षमा बिमला दुवाडी, सदस्यमा उपेन्द्र खनाल, किरण श्रेष्ठ, प्रकृति खनाल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल विजयी हुनुभएको छ ।

त्यसैगरी महिला सदस्यमा सुनिता थापा, जनजाति सदस्यमा सिर्जना राना, महिला दलितमा मुना कालिराज विके निर्वाचित हुनुभएको निर्वाचन संयोजक कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

पर्वत– नेपाल पत्रकार महासङ्घ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी हुनुभएको छ । बुधबार राति सम्पन्न मतपरिणाम अनुसार थापा आफ्ना निकटतम प्रतिद्वन्द्वी अगन्धर तिवारी भन्दा दुई मतको अन्तरमा विजयी हुनुभएको हो । थापाले २८ र तिवारीले २६ मत प्राप्त गर्नुभएको थियो । थापा प्रेस चौतारी निकट पत्रकार हुनुहुन्छ भने पराजित तिवारी प्रेस युनियन निकट हुनुहुन्छ ।

त्यसैगरी उपाध्यक्षमा नारायण भुर्तेल, महिला उपाध्यक्षमा इन्दु तिवारी, सचिवमा राजबाबु पिसी, सहसचिव समावेशीमा दीपेश विक, सहसचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा डिलबहादुर विक विजयी हुनुभएको छ ।
त्यसैगरी महिला सदस्यमा रमा सुवेदी, अन्य समावेशी सदस्यमा गीताकुमारी शर्मा विजयी हुनुभएको छ । खुल्ला सदस्यमा सुवास लामिछाने, माधव पराजुली, राजन पौडेल, विकासराज पौडेल र महेन्द्रबहादुुर जिसी विजयी हुनुभएको छ । दलित सदस्यमा लक्ष्मणकुमार सुनार र आदिवासी जनजातीतर्फ इन्द्रकुमार जोशी निर्विरोध निर्वाचित हुनुभएको छ ।

केन्द्रीय परिषद् सदस्यमा गणेश पौडेल र रञ्जना खत्री निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश परिषद् सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी हुनुभएको छ । पत्रकार महासङ्घ पर्वतमा ५४ सदस्य छन् ।रासस

प्रतिक्रिया दिनुहोस