दोलखामा चौलागाईं र उदयपुरमा खड्का निर्वाचित


नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दोलखाको अध्यक्षमा दिपशङ्कर चौलागार्इं निर्वाचित हुनुभएको छ । यही चैत २५ गते भएको निर्वाचनमा प्रेस चौतारीका केदार शिवाकोटीलाई १० मतान्तरले पराजीत गर्दै नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रेस चौतरी नेपालको गठबन्धनको तर्फबाट चौलागार्इं विजयी हुनुभएको हो ।

संयुक्त लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार चौलागार्इंले ५८ मत प्राप्त गर्नुभएकोे थियो भने शिवाकोटीले ४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा श्रजनकुमार घिमिरे र नविन खतिवडा तथा सचिवमा दिलबहादुर केसी, सहसचिवमा विमला बुढाथोकी र उषा तामाङ विजयी भएका छन् । ११२ जना सदस्य रहेको पत्रकार महासङ्घ दोलखाको चुनावमा १०६ मत खसेको थियो ।

उदयपुर– नेपाल पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा भरत खड्का पुनः निर्वाचित हुनुभएको छ । खड्काले आफ्ना अध्यक्षका अर्का प्रतिद्वन्द्वी भोटराज राईलाई ३९ भन्दा को बदला ५४ मत प्राप्त गरेर सङ्घको अध्यक्ष पदमा पुनःनिर्वाचित भएको सङ्घको निर्वाचन समितिकमा संयोजक कौशल चेमजोङले बताउनुभयो ।

उपाध्यक्षमा पर्शुराम थापा र समावेशी उपाध्यक्षमा गङ्गाकुमारी राई, सचिवमा विश्वराज तामाङ, कोषाध्यक्षमा गणेश उप्रेती, सहसचिवमा ऋषी राई र समावेशी सहसचिवमा देवराज राई विजयी भएका छन् । सदस्यमा चन्द्रकुमार राई, दिनेश राई, बुद्धि राई र होम बस्नेत तथा प्रदेश पार्षदमा केदार कटुवाल र केदार थापा एवं केन्द्रीय परिषद् सदस्यमा कुशलबाबु बस्नेत र भक्तिविलास पोखरेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस