चितवनमा अधिकारी, काभ्रेमा तिमल्सिना र तनहुँमा काफ्ले विजयी


नेपाल पत्रकार महासङ्घ चितवनको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायणप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा नेपाल प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेदवार अधिकारीले निकटम प्रतिद्वन्द्वी प्रेस चौतारीका उम्मेदवार तिलक रिमाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष अधिकारीले १४६ मत प्राप्त गर्नुभयो भने निकटम प्रतिद्वन्द्वी रिमालले ११२ मत प्राप्त गर्नुभयो । अर्का अध्यक्षका उम्मेदवार सूर्य प्रकाश कँडेलले चार मत प्राप्त गर्नुभयो ।

यसैगरी महासङ्घको खुल्ला उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा दीपेन्द्र अधिकारी, समावेशी सहसचिवमा उर्गेन तामाङ, खुल्ला सहसचिवमा आनन्द पोखरेल र कोषाध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा शोभा पुडासैनी, एलिना पोख्रेल (प्रिति), तुलमान गुरुङ, अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ र समिक्षा पुरी विजयी हुनुभएको छ ।

महासङ्घ काभ्रेमा तिमल्सिना

पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका छन् । तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईंलाई १७ मतको अन्तरले पछाडि पार्दै ६८ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा विनोद न्यौपाने, महिला उपाध्यक्षमा सुनिता सापकोटा, सचिवमा कपिल कोइराला, कोषाध्यक्ष केदारनाथ तिमल्सिना, खुल्ला सहसचिवमा सरोज अधिकारी, समावेशी सह–सचिवमा जगतमान बल तामाङ विजयी हुनुभएको छ । सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी हुनुभएको छ । कार्य समितिको अपाङ्गता सदस्यमा रामचन्द्र अधिकारी, समावेशी सदस्यमा बद्री तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

पत्रकार महासङ्घ केन्द्र र प्रदेशमा तनहुँका तीन निर्वाचित

नेपाल पत्रकार महासङ्घ केन्द्रीय र गण्डकी प्रदेश समितिमा तनहँुबाट तीन जना निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा प्रदीप काफ्ले, गण्डकी प्रदेश समितिको उपाध्यक्षमा सोनी शर्मा र प्रदेश सदस्य पदमा सानेबहादुर नेपाली निर्वाचित हुनुभएको हो । तीन जना प्रेस युनियन र प्रेस सेन्टर प्यानलबाट निर्वाचित हुनुभएको हो ।

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका पूर्वअध्यक्ष रहनुभएका काफ्लेले ५५३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै शाखाका निवर्तमान उपाध्यक्ष रहनुभएका शर्माले ५५२ र नेपालीले ५२० मत प्राप्त गर्नुभएको छ । पत्रकार महासङ्घ जिल्ला शाखामा भने प्रेस चौतारी र प्रेस मञ्चका संयुक्त उम्मेदवार उज्वल पौडेल निर्वाचित हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस