प्रचण्ड पत्नी सिता दाहालको पछिल्लो अवस्थाबारे छोरीहरुद्वारा जानकारी (फोटो)


पूर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नि सिता दाहाल पार्किन्सन रोगले ग्रसित भएकी छन ।

उनको देश तथा विदेशका विभिन्न अस्पतालहरुमा उपचार गरिदै आएको छ । तर पनि उनको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गएको बताइएको छ । केहि समय अगाडी मात्र काठमाण्डौंको मेडिसिटी अस्पतालमा उपचार समेत गरिएको थियो भने त्यस अगाडी भारतमा पनि उपचारका लागि लागिएको थियो ।

उनको रोगको जटिलताको कारण उनलाई यस अघि नै अमेरिका र सिंगापुर समेत लागिएको थियो । उनी सिता दाहालकी छोरीहरु रेणु दाहाल र गङ्गा दाहालले आमाको पछिल्लो अवस्थाको तस्विर सामाजिक संजालमा राखेका छन । सार्बजनिक तस्विरमा पनि सिता दाहालको अवस्था निक्कै अस्वस्थ देख्न सकिन्छ ।

प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी नामको पार्किन्सन् रोगबाट पिडित दाहालको रोग ठ्याक्कै निको नहुने रोग रहेको चिकित्सकहरु बताउछन । उनि विरामी नै रहेको अवस्थामा गत साल प्रचण्ड दम्पतिले विवाहको ५०औं वर्षगाँठ भव्यताका साथ मनाएका थिए।

छोरीहरु रेणु दाहाल र गङ्गा दाहालले सार्बजनिक गरेको तस्विर तल :

प्रतिक्रिया दिनुहोस