सुन्दै डरलाग्दो घटना झापामा घट्यो, घटनास्थल पुग्दा सबैको होस उड्यो (भिडियो सहित)


झापा बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला मृत भेटिएको तीन दिन नबित्दै बिर्तामोडमै फेरि अर्का एक व्यक्ति मृत फेला परेका छन । बेवारिसे अबस्थामा अर्जुनधारा नगरपालिका-५ मातामन्दिरको छेउमा बस्ने गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको थियो । गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्तै ह.त्या गरेर लाश सुगम पेट्रोल पम्प अगाडी फ्यालेको हुनसक्ने आशंका गरिएको छ ।

लाशबाट गन्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन । लाश फेला परेको खबर विहान ८.३० बजे आएको र घटनाका बारेमा अ.नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । केहि दिन अगाडी गाउँले होटेलका मालिक निरौलाको पनि यस्तै बेवारिसे अवस्थामा लास फेला परेको थियो । आज गौतम परियारको सब फेला पारेको ठाउँको रिपोर्टिङ गरिएको छ । घटनास्थल पुग्दा नसोचेको दृश्य देखिएपछी सबै डराएका थिए । मृतकका सालाहरु मिडियामा आएर सुरुदेखिको नालीबेली बताउदा सबै चकित बने ।

प्रतिक्रिया दिनुहोस