लाहुरेको गाउँको मन रुवाउने कथा (भिडियो)


नेपाली युवाहरु दशकौ अगाडी देखि ब्रिटिश आर्मीमा नकुरी गर्दै आएका छन । नकुरीको लागी बेलायत गए पनि अहिलेका लाहुरेहरु उतै बस्न थालेका छन ।

अहिलेका मात्र हैन दशकौ पहिले पेन्सनमा आएका लाहुरेहरु पनि हाल बेलायत र हंगकंगमा बसोबास नै गर्दै आएका छन । त्यस्तै एक उदाहरण हुन् भक्त बहादुर गुरुङ्ग । उनि हाल बेलायत मै बस्दै आएका छन । तर उनको मन भने आफ्नै गाउमा बसेको छ ।

गाउँछेउ आजकल वनकुसुमहरु फुल्दैनन् । पैंयुका बोटमा अडेस लागेर बाख्रा चराउने केटाकेटीहरु भेटिँदैनन् । धान फल्ने खेतहरु वनमाराका झाडी भएका छन् । ढुँगाका छपनीहरु लेउले ढाकेका छन् । पँधेरामा पानी रसाउन छाडेको छ । बरु रसाइरहन्छ भक्तबहादुरको आँखा । रोइरहन्छ मन ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस