निषेधाज्ञामा नागरिकले कुरा नबुझ्दा ड्युटीमा खटिएका प्रहरी यसरी दुखेसो पोख्छन (भिडियो)


कोरोना संक्रमित नघटे पछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थपिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी वैशाख २९ गतेसम्म थप कडाइका साथ निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। यस अघि तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि निषेधाज्ञा घोषणा गरेका थिए ।

निषेधाज्ञामा पनि सडकमा भिड देखिए पछी अब भने प्रसासनले थप कडाइका साथ जाने निर्णय गरेको छ । खाद्यान्न बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ। बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ।

यस अघि नै मन्त्रिपरिषदको बैठकले दुई साता निषेधाज्ञा गर्न निर्देशन दिइसकेको थियो ।

निषेधाज्ञालाई थप कडाई गर्न प्रहरीहरु टोल टोल देखि सडकमा तैनाथ रहेका छन । ड्युटीमा खटिएका प्रहरीहरुले आफ्नो पिडा मिडिया सामु पोखेका छन । बालकुमारीमा खटिएका प्रहरी सइ बि. सिलवालले सर्बसाधारणले कुरा नबुझ्दा दिक्क लागेको दुखेसो पोख्छन । नागरिक आफै सजक हुनुपर्नेमा प्रहरीले सम्झाउदा पनि अटेर गरेको बताउछन ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस