पशुपतीमा यस्तो अवस्थामा भेटिए मिठो आवाज भएका दिदि बहिनी, उनीहरुको कामले दुनिया चकित पार्दै


काठमाडौ । अहिले नेपालका अधिकांश जिल्लामा लकडाउन र निषेधज्ञा जारी छ र काठमाडौ लगायत जिल्लामा अहिले २ हप्ता हुन लागेको छ निषेधज्ञा भएको, जनताहरु रोगले भन्दा नि भोकले मरिन्छ कि भन्ने चिन्तामा छन । हो यसैबिच आज हामीले यो लकडाउनले एउटा परिबारमा पर्न गएको असर र आर्थिक अभाब अनि संघर्षको बारेमा कुरा गर्दैछौ । सोलुखुम्बु जिल्लामा जन्मिएका यि दुुई बहिनी अहिले काठमाडौको पशुपतिमा चिया बेच्ने काम गर्छन, करिब ९—१० बर्षदेखि यस पेशामा लागेका यि २ बहिनीको नाम रमा भट्टराई र तारा भट्टराई, जस्ले काठमाडौमा संघर्ष गर्दै परिबार पलिरहेका छन ।

काठमाडौ धुमबाराहीमा बस्ने २ बहिनी बिहानै ३ बजे उठेर चिया बेच्न जान्छन र त्यहा गएर मिठो आवाजमा गाउदै सबैलाई मोहित पार्छन । उनीहरुको हात बाट चिया खान हरकोही मानिसहरु आतुर हुने र चिया खादै गित गाउन भन्ने गर्छन भन्दै लजाए । दोहोरी पनि उस्तै गाउन सक्ने यि बहिनीहरुको बेलाबेलामा झगडा पर्ने पनि कुरा बताए । हामी त्यहा खोज्दै जादा चिया बेचिरहेको बेलामा हामीले उनीहरुलाई भेटायौ तर लकडाउनले सबै बाटो रोक्दिएको भन्दै भाबुक बने ।

प्रतिक्रिया दिनुहोस