सभापति देउवाद्वारा कार्कीको निधनप्रति दुःख व्यक्त


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसभापति कार्कीको काठमाडाँैंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा आज बिहान ७८ वर्षका उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले आफूलाई मर्माहत र दुखित बनाएको उल्लेख जनाउँदै उहाँप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । सभापति देउवाले कार्कीले पार्टी संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने जनाउनुभएको छ ।

विसं १९९९ पुस १४ गते जन्मनुभएका कार्की २०१८ सालदेखि कांग्रेसको राजनीतिमा संलग्न रहँदै आउनुभएको थियो । पार्टी प्रतिबन्धितकालमा उहाँ कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कोषाध्यक्षसमेत हुनुहुन्थ्यो । नेपालमा लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा कार्कीले पटकपटक कारागार जीवन बिताउनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज नेतृत्वलाई गुमाएको जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस