१८ दिनदेखि हराएकी भारतीय महिलाको उद्दार गरि परिवारको जिम्मामा


अठार दिनदेखि बेपत्ता भारतीय महिलाको खोजी गरी प्रहरीले उद्धार गरेर आज परिवारको जिम्मा लगाएको छ । सप्तरी, बोदेबर्साइन नगरपालिकाका सहयोगमा स्थानीय प्रहरीको पहलमा ती महिलाको उद्धार गरिएको हो ।

बोदेबर्साइन – ५ शत्रुध्न चोकमा अलपत्र भारत विहार राज्य सहरसा जिल्ला बैजनाथपुर ग्राम पञ्चायत वडा नम्बर – ११ निवासी ४२ वर्षीया संगीतादेवी मेहतालाई प्रहरी र स्थानीयवासीले उद्धार गरेको सोही ठाउँका उमेशकुमार साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस