एनएसजेएफलाई राखेपको सहयोग


राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोग स्वरुप आज स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी राखेपले स्वास्थ्य सामग्री एनएसजेएफलाई सहयोग स्वरुप प्रदान गरेको हो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्वअध्यक्ष निरञ्जन राजवंशीलाई एक सय थान सेनिटाइजर र २०० थान सर्जिकल मास्क हस्तान्तरण गर्नुभयो । यसअघि २०७६ सालको चैतमा गरिएको लकडाउनको अवधिमा पनि राखेपले एनएसजेएफलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस