कोरोनाको त्रासका बिच संक्रमित गर्भवतीले सुरक्षित रुपमा बच्चा जनमाइन (भिडियो सहित)


मोरङ । बिराटनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा कोरोना संक्रमित एक महिलाले नर्मल डेलिभरिबाट बच्चा जन्माएकी हुन् । ३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ ।

कोरोनाको कहरको बिचमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. शुभद्रा अग्रवालको नेतृत्वमा नर्मल डेलिभरि मार्फत बच्चा जनमाइएको अस्पतालका प्रशासनले जनाएको छ । कोरोना महामारिका बिच अस्पतालले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । एक्कासी पेट दुखेपछि महिलाको कोरोना रिपोर्ट समेत पोजेटिभ आएपछि बिराटनगरको मोरङ सहकारी अस्पताल लगिएको थियो । तर महिला कोरोना संक्रमित भएकै कारण त्यहाँ उनको भर्ना लिइएन । त्यस लगत्तै नजिकै रहेको मदर एण्ड चाइल्ड अस्पताल लगिएको श्रीमन् पंकज कर्णले बताए ।

कर्णले भने , मदर एउण्ड चाइल्ड अस्पतालमा कोरोना संक्रमित गर्भवति महिला आएसंगै अस्पताल प्रशासनले तदारुक्ताका साथ उपचारमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । “अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ । संक्रमित महिलाको नर्मल डेलिभरि मार्फत छोरी निकालीएको छ । अस्पताल प्रशासनले कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरिएको जनाएको छ । यता न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालका कार्यकारी निर्देशक अनिषा विष्टले भने , नेपालको संविधानमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य संम्बन्धि हक हुनेछ भनि ब्यवस्था गरिएको छ । साथै महामारीको बेला प्रजनन् स्वास्थ्य अति आवश्यक सेवाको रुपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस