डेनमार्कका एरिक्सन एक्कासी हार्टएट्याक भएर मैदानमा ढलेपछि युरोकप अन्तर्गत डेनमार्क र फिनल्याण्ड बीचको खेल रोकियो (भिडियो)


डेनमार्कका खेलाडी एरिक्सन एक्कासी मैदानमा ढलेपछि युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल स्थगित भएको छ ।

यूइएफए युरोले मेडिकल इमर्जेन्सी बन्दै जारी खेललाई रद्द गरेको हो । थ्रो बल लिने क्रममा डेनमार्कका खेलाडी  क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमै लडेका थिए। त्यस लगत्तै रेफ्रीले स्वास्थ्यकर्मी बोलाएर सिपिआर दिएका थिए । प्रारम्भिक जानकारी अनुसार उनलाई हार्ट एट्याक भएको हुन सक्ने छ । हाल उनलाई अस्पताल लागिसकिएको छ ।

जारी खेलको पहिलो हाफको ४३ मिनेट मै उक्त घटना भएको थियो । यो समय सम्म दुवै टिमले कुनै गोल गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस