बाढीले आफ्नो १० करोडको सम्पति बगाए पछी गहभरी आशु पर्दै एक वृद्द (भिडियो)


अविरल वर्षा पछि गएको पहिरो पछी मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएका छन । बाढीले सैयौ घर पुरेको छ भने खेत पुरै बगरमा परिणत भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा परि कम्तिमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुने मध्य मेलम्ची खानेपानी आयोजनामा कार्यरत चिनिया र भारतीय नागरिक पनि परेका छन । बाढीबाट बाचेकाहरु धेरै जसोको घर र जमिन सबै लगेपछि अहिले सडकको बास भएको छ । बिपत्तिमा परेका स्थानीयहरुले सहयोगको आशा गरेका छन ।

त्यस्तै बाढीले झोलुंगे र पक्कि पुल पनि बगाएको छ । बाढीमा फसेका स्थानीयहरुलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेको थियो । अहिले सबै जना सुरक्षित स्थानमा स्कुल भवनमा सेल्टर लिएका छन । बाढी भने अझै नरोकिएको स्थानीय बताउछन ।

आयोजनाको मात्र आठ व्यपत्ता

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।

निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।

आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ । मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो ।

बाढीले आफ्नो १० करोडको सम्पति गएपछि एक वृद्द भावुक हुदै मिडियामा आफ्नो दुखेसो यसरी पोख्छन । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस