आजको राशिफल : वि.सं.२०७८ साल असार ०४ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुन १८ तारिख


वि.सं.२०७८ साल असार ०४ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुन १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि– अष्टमी, २८ घडी ०७ पला, बेलुकी ०४ बजेर २५ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तराफाल्गनी,३२ घडी ३६ पला,बेलुकी ०६ बजेर १२ मिनेट उप्रान्त हस्त । योग– व्यातिपात,४७ घडी १४ पला, रातको १२ बजेर ०५ मिनेट उप्रान्त वरियान । करण–भद्रा,बिहान ०५ बजेर १३ मिनेट उप्रान्त बव,बेलुकी ०४ बजेर २५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३५ पला । वायु अष्टमी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घर जग्गा तथा सवारि साधनको कारोबारभने फस्टाएर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनु पर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

०००

साप्ताहिक राशिफल हेर्नुहोस : जेठ ३० गते आईतबारदेखी असार ०५ गते शनिबारसम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ)

मेष रासि हुनेहरुको लागि यो साता उत्तम रहेकोछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृद्धि हुनेछ । पराक्रम बढ्ने हुनाले समाजलाई बदल्ने आट तथा साहस जागेर आउँनेछ । धार्मिक तथा पर्यटकिय दृष्यहरु अवलोकन गर्नको लागी रमाईलो यात्राको तय हुनेछ । दाजुभाई तथा छिमेकबाट आर्थिक सहयोग तथा सकारात्मक सल्लाह पाईनेछ । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । हाते औजार तथा घरेलु मेसिनको प्रयोगबाट सकारात्मक प्रतिफल प्राप्त हुनेछ भने आधुनिक सामानको ब्याबसायबाट मनग्गे आम्दानि हुने हुनाले मन प्रशन्न रहनेछ । आधुनिक कृषि तथा पशुपालन ब्याबसायबाट भने जस्तो आम्दानि गर्न सकिने । घरजग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा)

मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुनालेआफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । सांगितिक तथा पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । सताको अन्तिम शुक्रबार तथा शनिबार आट गर्न नसक्दा हातमा आउन लागेको काम अरुले नै फुत्काउनेछन् । आर्थिक कारोबार बिग्रने हुदा काममा असजिलो महशुष हुनेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ ख्याल गर्नुहोला ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)

लामो यात्राको अधिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको ब्यापार ब्याबसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । गैर सरकारि सस्था तथा बिदशि लगानिबाट सञ्चालित सस्थाहरुमा नियूक्तिको गतिलो सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुदा दिगो काम गर्ने अवसर गुम्नेछ । व्याबसायमा सोचेजस्तो आम्दानि नहुदा मन खिन्न हुनेछ । बिहिबार मध्यान्हबाट समयमा सुधार आई धन सम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

अधुरा कामहरु पूरा हुनुका साथै नयाँ नयाँ काम गर्ने अवसरहरु आउँनेछन् । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । मंगलबार बिहानदेखि पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुदा दिगो काम गर्ने अवसर गुम्नेछ भने बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । लामो तथा बैदेशिक यात्राको तय हुनेछ । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)

साता मध्यम रहेको छ । निर्णायक पदमा हुनुहुन्छ भने गलत निर्णय गराउँन तथा तपाईलाई फसाउँन बिपक्षहरु लागि पर्नेछन् सजक हुनुहोला । सरकारि तथा प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ । राजनिति तथा समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । मंगलबार,बुधबार तथा बिहिबार मध्यान्ह सम्मका समय उत्तम रहेको छ । यो समयमा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने ब्यापार ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । खनिज पदार्थ जस्तै धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर आउनेछ । बिहिबार मध्यान्हबाट साना तिना कामका अल्झनु पर्दा पढाई लेखाईमा समय दिन सकिने छैन । कमर्शियल निर्णयहरु धाति राख्नु होला किनकी ब्यापार ब्याबसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित ब्याबसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

साता उत्तम रहेको छ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । समाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । अधुरा कामहरु पूरा हुनेछन् भने नयाँ नयाँ कामको अवसर आउनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । ब्यापार ब्यासायमा लगानि बढाई प्रशस्त नाफा कमाउँन सकिनेछ भने बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको ब्याबसाय फस्टायर जानेछ । बिभिन्न क्षेत्रमा सम्लग्न भई आय आर्जनमा बृद्धि गर्न सकिनेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,त)

आईतबार तथा सोमबार समय तपाईको पक्षमा हुनेछैन । खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला । अरु काममा ब्यस्त हुनुपर्दा पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । बिभिध कारणले माईति तथा चेलि बिचको सम्बन्ध चिसिन सक्छ । गलत सल्लाह दिनेहरुबाट सजक रहनु होला आर्धिक प्रलोभन देखाएर नकारात्मक निर्णयहरु गराई फाईदा लुट्न सक्छन् । मंगलबारदेखि समय सुधार भई धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू)

ब्याबसायलाई बिस्तार गर्ने सवालमा रमाईलो तथा उपलब्धिमुलक यात्राको तय हुनेछ । थोरै समय दिदा पनि आम्दानि बढ्ने हुनालेअरु क्षेत्रमा लगानि गर्ने वाताबरण सिर्जना गर्न सकिनेछ । आफुले मन पराएको मानिसलाई आफनै मनमुटुमा राखेर माया गर्न पाउँन मन प्रसन्न हुनेछ । मंगलबारदेखि बिहिबार मध्यान्हसम्मको समय त्यति राम्रो नभएकोले आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ भने नयाँ काम तत्काल शुरु नगर्नुहोला । बैकिङ तथा शेयर बजारमा गरिएको लगानिबाट भने सन्तोषजनक नाफा कमाउँन सकिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउन सक्ने हुनाले खानपानमा ध्यान दिनुहोला । बिहिबार मध्यान्हबाट समय सुधार भई धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ भने लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे)

समय मध्यम रहेकोले हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ सजक रहनुहोला । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्तसँग मनमुटाब सिर्जना हुन सक्छ । साझेदारि ब्यापार ब्याबसायमा लगानि नगर्नुहोला साझेदारहरु बिच सैद्धान्तिक बिषयमा मतभेद बढ्नेछ । आफन्त तथा परिवारका सदस्यहरुबाट नै तपाईले प्रस्तुत गर्नुभएको योजनाको आलोचना हुनेछ । यात्रागर्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् भने ब्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट भने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी)

साता उत्तम रहेकोले बिद्या तथा प्रतिश्पर्धामा तपाईकै बर्चश्व कायम रहिरहनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुने तथा भने जस्तो पारिश्रमिक पाईने हुनालेमन प्रशन्न हुनेछ । अन्धबिश्वास तथा सस्कार परिवर्तन गर्न साथिभाईको सहयोगमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्न सकिनेछ । न्यायलयबाट हुने न्यायिक न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । प्रतिश्पर्धिहरु लाई हराउँदै हरेक क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिचको सम्बन्धलाई थप सुधार गर्दै बिश्वासको बाताबरण अझ मजभुत बनाउँन सकिनेछ । पर्यटन सम्बन्धि ब्याबसाय फस्टायर जानेछ । पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा)

साताको शुरुवातको समय मध्यम रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आधुनिक कृषि तथा पशुपालन ब्याबसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । मंगलबार बिहानबाट समयमा सुधार आई बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । कार्यक्षेत्रमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु लाई सजिलै हराउन सकिनेछ भने कर्मक्षेत्रमा पाईने सम्मानले मन प्रशन्न हुनेछ । सत्रु परास्त हुने तथा न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा फैसला हुनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

समय मध्ययम रहेकोले हरेक क्षेत्रमा अवसरबादी हरुका घेरा तोड्दै अगाडि बड्नु पर्नेछ । तपाईको अनाबस्यक चासो तथा चियो चर्चो गर्नेहरु जताततै भेटिनेछन् । निति नियम तथा काुनन गलत प्रयोग गरि आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् ख्याल गर्नुहोला । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हँुनेछ । घर जग्गाको किनबेच तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको पक्षमा सकारात्मक काम गर्दा गर्दै सत्रु तथा बिपक्षहरुबाट आलोचनाको शिकार होईयला । कृषि तथा पशुपालन ब्याबसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । बिहिबार मध्यान्हबाट समय सुधार भई पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुनालेसफलताका सिडिहरु चढ्न सहज हुनेछ ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस