ह्वात्तै घट्यो सुनको मूल्य


बहुमुल्य धातु सुनको मूल्यमा शुक्रबार भारी गिरावट आएको छ । शुक्रबार मात्र छापावाल सुनको मूल्य १२ सयले घटेकोछ ।

गत बिहिबार पनि प्रतितोला ११ सय रुपैयाले घटेको सुनको मूल्य शुक्रबार १२ सय रुपैयाले घट्दै छापावाल सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन पनि प्रतितोला १२ सय रुपैयाले नै घट्दै ९० हजार ३०० पुगेको छ ।

त्यस्तै शुक्रबार चाँदीको पनि मुल्य ३५ रुपैयाले घट्दै १३ सय ५ रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस