कांग्रेसद्वारा पूर्वसांसद परियारको निधनप्रति दुःख व्यक्त


नेपाली कांग्रेस संसदीय दलले पूर्वसांसद एवं पार्टीका नेता कृष्णसिंह परियारको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ ।

लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका परियार विसं २०४८ मा कांग्रेसको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टीको विभिन्न तहमा रहेर सङ्गठन विस्तार तथा सुदृढीकरणमा सदैव क्रियाशील नेता परियारको निधनले कांग्रेसले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस