अब साउन १ गतेबाट नचल्ने भए विदेशबाट ल्याइएका मोबाइल फोन, चल्ने बनाउन यस्तो छ प्रक्रिया


काठमाडौं, २३ असार । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताउनुभएको हो । उहाँका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि हाल अ.वैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आँउनेछ । नेपाल दूरसञ्चार प्राधिकरणले अ.वैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन भन्दै २०७३ सालदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

प्राधिकरणले २०७४ साल वैशाख २८ गते प्राधिकरणले अ.वैध मोबाइल रोक्ने प्रणाली (एमडीएमएस) जडान गर्न परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा आवेदन परेका १३ कम्पनी मध्येबाट २०७६ साल असारमा छनोट भएको कम्पनीले छ महिनाभित्र उक्त सिष्टम जडान गर्नुपर्ने थियो । ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर छनोट भएको थियो । उक्त कम्पनीलाई एमडीएमएस जडान गर्न रु ८० करोड बराबरको ठेक्का दिईएको थियो ।

सम्झौता भएको मितिले ६ महिनाभित्र अर्थात् गत वर्षको पुस महिनामा एमडीएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नपर्ने हो तर गत वर्ष कोरोना संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दी र हाल लागु गरिएको निषेधाज्ञालाई देखाउँनै जडानको काम रोकिएको छ ।

विसं. २०७३ वैशाखबाट प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न सुरु गरेको छ । पहिलो चरणमा आइएमइआई नम्बर दर्ता र दोस्रो चरणमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडान गर्ने जनाएको थियो । रासस

यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन ।

आ.पराधिक क्रियाकलाप नि.यन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ ला.गू गर्न लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् । हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ ला.गू नभए पनि साउन एक गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ ला.गू हुनेछ ।

नेपालमा खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्टर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुने र बाहिर–बाहिर ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आ.पराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नि.यन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरेको प्रवक्ता पौडेलको भनाइ रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

यो पनि – अन्तत नेपाल आइपुग्यो होन्डा हर्नेट २.०, मूल्य निक्कै आकर्षक (मुल्यसहित)

काठमाडौं, २१ असार । युवाहरुले धेरै समय अगाडी देखि पर्खी रहेको होन्डाको नया मोटरसाइकल नेपाल आइपुगेको छ । नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले होन्डाको नया मोडल हर्नेट २.० नेपाल ल्याएको हो । गतवर्ष नै भारतीय बजारमा सार्वजनिक भएको हर्नेट २.० कोभिड १९ संक्रमणको कारण कम्पनिले नेपाल ल्याउन सकेको थिएन । यो सेग्मेन्टको मोटरसाइकल खोज्नेहरुले धेरै अगाडी देखि हर्नेट २.० को पर्खाइमा थिए ।

शोरुममा आईसकेको हर्नेट २.० को केहि समय पछी नै बिक्री सुरु गर्ने जनाएको छ । होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई बीएस६ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । त्यस्तै हर्नेट २.० मा अल डिजिटल कन्सोल दिइएको छ । निक्कै आकर्षक डिजाइनमा रहेको हर्नेट २.० मा १७ इन्चको अलोय ह्वील रहेको छ ।

सेफ्टी फिचरमा डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प रहेको छ । हर्नेट २.० मा सेग्मेन्ट कै फर्स्ट यूएसडी फर्क रहेको छ । अगाडीको टायर ११० एमएमको छ भने पछाडीको टायर पनि सेग्मेन्ट कै फर्स्ट १४० एमएमको रहेको छ । हर्नेट २.० ले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ । कम्पनिले यो मोटरसाइकलको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरेको छ । होन्डा हर्नेट २.० ले २०० सीसी सेग्मेन्टका टीभीएस अपाचे आरटीआर २०० फोरभी, बजाज पल्सर एनएस २०० आदी मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि – २२ गतेबाट सबै सार्वजनिक यातायात चल्ने, अरु के खुल्छ के खुल्दैन (पुरा आदेशसहित)

थप खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश थप गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु भने राख्न पाइने छैन । यातायात सञ्चालनमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने छ । स्थानीय प्रशासनको अनुमति लिएर विशेष कामका लागि बाहिरका गाडीसमेत उपत्यका भित्रिन पाउने आदेशमा उल्लेख छ ।

यही असार २२ गते बिहानबाट लागू हुने आदेशमा सबै प्रकारका व्यवसाय खुला गरिने उल्लेख छ । आज उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त बैठकले सो आदेश जारी गरेको छ । बैठकले सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक लगाएको छ । खुला स्थानमा हुने भेला, होटल तथा पार्टी प्यालेसमा हुने विवाह व्रतबन्धलगायत सामूहिकरुपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधिमा समेत रोक लगाइएको छ । आदेश अवधिभर स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहने छ । अन्य व्यवसायको हकमा साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नु पर्नेछ । त्यसो नगरेमा व्यवसाय सञ्चालनमा रोक लगाउन सकिने गरी चेतावनी दिइएको छ । अत्यावश्यक वस्तुको अनलाइन माग, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य ‘अडर टेक अवे’ र ‘होम डेलिभरी’ प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइनेछ । घरबाट मानिस बाहिर निस्किँदा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्नेछ । अनिवार्यरुपले मास्क र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ । काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारी साधन स्वीकृत सिट क्षमताअनुसार मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ । नलगाएमा सवारीसाधनमा प्रवेश रोक लगाउन भनिएको छ । चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ । सवारीलाई समेत निसङ्क्रमित गराउनु पर्नेछ । सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्साे सिटमा चार÷चार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ । गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ । निजी सवारीको हकमा पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेछ ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिई प्रवेश गर्न पाउने छन् । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ । पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न मिल्ने छ । त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । त्यसभन्दा बढी भए दुई सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ । गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुने गरी सञ्चालन गर्ने भनिएको छ ।

उपत्यका प्रशासनले नेपाल सरकारको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यदेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी यही असार ३१ गते राति १२ बजेसम्मका लागि उक्त आदेश जारी गरिएको जनाएको छ ।

रासस

यो पनि – उपत्यकामा असार ३१ गतेसम्म निषेधाज्ञा थपियो –

कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वैशाखदेखि शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार ३१ गतेसम्म थपिएकोे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमण घटेको भए पनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो गरी असार ३१ गतेसम्म थपिएको छ ।”

थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । यसैगरी सार्वजनिक सवारी साधनहरू पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भरीमा सञ्चालन गर्न सकिने अनुमतीसमेत दिइएको छ । उता बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् ।

निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ । भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधिलगायत कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ । जिल्लामा कोरोनाका सक्रिए सङ्मितको सङ्ख्या एक हजार ३०० पुगेको छ । कोरोनाकै कारण जिल्लामा ११ जनाले अस्पतालमै उपचारका क्रममा ज्यान गुमाइ सकेका छन् ।

यो पनि – अभिनेत्री प्रियंका कार्कीको ‘बेबी सावर’ (२९ तस्विरमा)

काठमाडौँ, २१ असार । यतिबेला अभिनेत्री प्रियंका कार्की गर्भवती छिन । विगत केहि महिना यता आफ्नो दिनचर्याको तस्विर तथा भिडियो सामाजिक संजालहरुमा सार्बजनिक गर्दै आइरहेकी कार्कीले आफ्नो बेबी सावरको तस्विर पनि सार्बजनिक गरेकी छन । सोमबार बिहान साथीहरुले मनाइ दिएको बेबी सावरको तस्विर सार्बजनिक गर्दै अभिनेत्री कार्कीले आफ्नो साथिहरुलाई धन्यवाद समेत दिएकी छन ।

‘द वेष्ट बेबी सावर बाई माइ गर्ल’लेखेर प्रियंकाले दर्जन बढी तस्विर सामाजिक संजालमा सार्बजनिक गरेकी हुन् । बेबी सावरको अवसरमा प्रियंकाले केक समेत काटेकी छन । उक्त कार्यक्रममा प्रियंकाको नजिकको साथिहरु सामेल रहेका थिए । उनले सार्बजनिक गरेको तस्विरमा मिश्रित प्रतिक्रिया आएको छ । उनलाई धेरैले बधाई दिएका छन् भने केहिले बढी भएको समेत प्रतिक्रिया दिएका छन । हुनत बेबी सावर पश्चिमी संस्कृति हुनाले प्राय नेपालीहरु यस विषयमा खास परिचित छैनन् । सार्बजनिक तस्विरहरु :

तस्विर : प्रियंका कार्क्कीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस