इजरायलबाट २० करोडको १८ टन स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको विमान नेपाल उड्यो (फोटो र भिडियो)


तेल अभिब । करिब २० करोडको स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको विमान नेपाल उडेको छ । तिन पटकको प्रयास पछी बुधबार १८ टन सामग्री नेपाल पठाईएको हो । चर्चित क्याप्टेन तथा कलाकार बिजय लामाको नेतृत्वमा सामग्री लिन नेपाल एअरलाइन्सको विमान (Airbus 332) इजरायलको तेलअभिव पुगेको थियो । नेपाली राजदूतावास इजरायलको पहलमा ईजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र/कम्पनी लगायतबाट संकलित तथा नेपाली दूतावास परिवार सहित ईजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट संकलित सहयोग रकमबाट खरिद गरिएका १८ टन सामग्री नेपाल पठाइएको हो ।

५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सनट्रेटर, मोबाइल कोरोना टेस्टीङ ल्याब, पिसीआर टेस्टीङ किट, एन्टीजेन टेस्टीङ किट, कोरोनाविरुद्ध लड्न सघाउने औषधीहरु, मास्क, पीपीइ, ग्लोभ्स, सेनीटाईजर, थर्मोमिटर लगायतका २० करोड नेपाली रुपैयाँ बराबरका कोभिड-१९ सम्बन्धी करिब १८ टन विभिन्न स्वास्थ्य सामग्री लिएर नेपाल एअरलाईन्सको उक्त विमान तेल अभिवबाट उँडेको हो।

इजरायल स्थित नेपाली राजदुतावासले निकालेको विज्ञप्ति यस प्रकार छ :

‘यस दूतावासको पहलमा ईजरायल सरकार, यहाँका स्वास्थ्य संस्था, व्यवसायिक क्षेत्र/कम्पनी लगायतबाट संकलित तथा दूतावास परिवार सहित ईजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री/उपकरण लिएर भर्खरै नेपाल एअरलाइन्सको विमान (Airbus 332) ईजरायलको तेल अबिबबाट काठमाडौंका लागि उँडेको छ।

नेपालको कोरोना विरुद्धको लडाईँमा साथ दिन ईजरायल सरकार, ईजरायलका विभिन्न गैरसरकारी संस्था/कम्पनी तथा दूतावास परिवार सहित ईजरायलवासी नेपालीहरुको संयुक्त प्रयासस्वरुप जुटाईएका ५८ थान भेन्टिलेटर, १२० थान Oxygen concentrator, Mobile Corona Testing Lab, PCR testing kits, Antigen testing kits, कोरोनाविरुद्ध लड्न सघाउने औषधीहरु, मास्क, PPEs, Gloves, Sanitizer, थर्मोमिटर लगायतका २० करोड नेपाली रुपैयाँ बराबरका COVID-19 सम्बन्धी करिब १८ टन विभिन्न स्वास्थ्य सामग्री लिएर नेपाल एअरलाईन्सको उक्त विमान उँडेको हो।

ईजरायलमा नेपाली ध्वजावाहकको पहिलो औपचारिक उडान (मेडिकल कार्गो चार्टर्ड उडान) सम्भव तुल्याउँदै यस अभियानलाई निश्कर्षमा पुर्याउन सहयोग गर्नुहुने नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, CCMC, नेपाल एअरलाईन्स, भारत, पाकिस्तान, बहराईन, साउदी अरब तथा ईजिप्टस्थित नेपाली राजदूतावासहरु, ईजरायलस्थित नेपाली समुदायका साथै ईजरायली पक्षतर्फ ईजरायली परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित ईजरायली राजदूतावास, सहयोग संकलन, पारवहन तथा अन्य धेरै क्षेत्रमा सहयोग पुर्याउनु हुने Israel – Nepal Friendship Association का President Mr. Nadav Ben Yehuda, ईजरायली शहरहरु क्रमश: Haifa र Beersheba का लागि नेपालको अवैतनिक वाणिज्यदूत Mr. Nimrod Berger र Mr. Ilan Nir, Israel-Asia Chamber of Commerce की President Ms. Anat Bernstein- Reich, दूतावासकी अनन्य मित्र Ms. Nirit Ofir, ईजरायलको Ben Gurion International Airport का Special flight Manager Mr. Yoni Horowitz लगायत सम्पूर्ण दातृ निकाय तथा सहयोगी मनहरुमा दूतावास परिवार हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छ।

Photo Credit: Benovitz Communications – Moshe Hermon ‘

भिडियो यहाबाट हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस