सर्वोच्चको फैसला पछी पहिलो पटक प्रचण्डसंग गरिएको कुराकानी हेर्नुहोस (भिडियो)


काठमाडौं, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने र दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछी संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको प्रचण्डले बताएका छन।

‘मेरो तर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु ।’ – प्रचण्डले भने । प्रधानमन्त्रीले पटक पटक संबिधान मिचेर गएको हुनाले अदालतले त्यसलाई सच्याएको उनले बताए । सर्बोच्चको फैसला उत्साहपुर्वक कार्यान्वन हुन्छ, यदि कसैले यसको बिरुद्द आए अझ बढी नां.गिने बाहेक केहि नहुने प्रचण्डले बताएका छन । सर्बोच्चको फैसेला पछी प्रचण्डसंग गरिएको कुराकानी हेर्नुहोस ।

यो पनि – सर्बोच्चद्वारा संसद विघटन बदर, देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश (फैसलाको पूर्णपाठसहित)

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो । सर्वोच्चले देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ। अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठकले बोलाउनसमेत भनेको छ । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।

दलको ह्वीप लगाएर देउबालाई मत दिएकै आधारमा आफ्ना सांसद्लाई दल त्यागसम्बन्धी कारबाही गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ को व्याख्या गर्दै कुनै पनि सदस्यउपर आफ्नो  धारणा व्यक्त गरेको र कसैलाई मत दिएकै कारण दल त्यागसम्बन्धी कारबाही गर्न नपाउने जनाएको छ । सर्वोच्चद्वारा जारी परमादेशमा संविधानको धारा ७६ को उपधारा ५ को व्याख्या गरेको हो ।

आदेशमा ७६ को उपधारा ५ मा दलको ह्वीप नलाग्ने र सांसद्ले आफ्नो मर्जी अनुसार मतदान गर्दा दल त्यागसम्बन्धी कानुनमा रहेर कारबाही गर्न नपाइने जनाइएको छ । सर्वोच्चको व्याख्यासँगै शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २३ सांसद्लाई नेकपा (एमाले)ले कारबाही गर्नसमेत नपाउने भएको छ ।

यो पनि – प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला सुनाएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरेकोे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । यसको पूर्णपाठ केही समयमा आउने अदालतले जनाएको छ ।

उक्त विवादमा ३० रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।

सर्वोच्चको आदेशको पूर्णपाठ यस प्रकार छ :

प्रतिक्रिया दिनुहोस