‘द भ्वाइस अफ नेपाल’को आजको ताजा लाइभ पर्फमेन्स हेर्नुहोस, भर्खरै आफ्नो आमा गुमाएर शोकमा रहेका कर्णले दिए यस्तो दमदार प्रस्तुति (भिडियो)


निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् । कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन। पुरा भिडियो यहाबाट हेर्नुहोस ।

यो पनि – आजको राशिफल : वि.सं.२०७८ साल साउन ०२ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई १७ तारिख

वि.सं.२०७८ साल साउन ०२ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि–अष्टमी,रातको १२ बजेर ०२ मिनेट उप्रान्त नवमी । नक्षत्र–चित्रा, बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त स्वाती । योग– शिव, बिहान ०६ बजेर ४६ मिनेट उप्रान्त सिद्ध । करण– भद्रा, दिउसो ०१ बजेर ०७ मिनेट उप्रान्त बव, रातको १२ बजेर ०२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–कन्या,मध्यान्ह १२ बजेर ३४ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ०८ पला । कमैया मुक्ति दिवस । अष्टमीव्रत,गोरखकालीपूजा,सुतारकार्की कुलोद्धार पूजा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपूर्ण कामहरु थालनि गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने घर परिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाईने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

यो पनि – साप्ताहिक राशिफल हेर्नुहोस : असार २७ गते आईतबारदेखी साउन ०२ गते शनिबारसम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ) आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । पढाई लेखाईमा प्रगति हुने हुनालेआफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । मंगलबार तथा बुधबारको समय त्यति राम्रो नभएकोले बाहिरि बाताबरणमा घुलमेल हुन नसक्दा तथा खानपानको तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँनेछ ख्याल गर्नुहोला । बैदेशिक सामानको ब्यापार ब्याबसाय फस्टाएर जानेछ भने लामोदुरिको यात्रा हुनेछ । बिहिबार देखि पुनह समय तपाईकै पक्षमा आई कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो ) अधिकार प्रप्तिको संघर्षमा प्रतिश्पर्धिहरुलाई पाखा लगाई आफ्नो पक्षमा नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईनै अग्र पंत्तिमा आउनु हुनेछ । पारिवारिक माहोल तथा सांगितिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ नयाँ काम गर्ने अवसरहरु आउँनेछन् । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । बिहिबारबाट खर्च स्थानमा गएको चन्द्रमाले अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साताको शुरुवात तथा आईतबार तथा सोमबारको समय राम्रो नभएकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सामाजिक काममा समय खर्च भए पनि जस पाईने छैन । धार्मिक अनुश्ठान तथा शैक्षिक यात्राको गतिलो सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । मंगबारदेखि समय परिवर्तन भई समाजमा राम्रो छाप पर्ने कामहरु हुने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा केहि कदम अगाडि बढि नतिजा आफुतिरै ल्याउँन सकिनेछ । पैतृक धन तथा सम्पति हातलाग्ने योग रहेको छ भने प्राकृतिक स्रोत साधन तथा खनिज पदार्थको ब्यापार ब्याबसाय फस्टाएर जानेछ ।

कर्कट (ही, हू ,हे, हो,डा,डी,डु,डे,डो) साता मध्ययम रहेकोले धर्मका नाममा गलत ब्याक्तिहरुले तपाईलाई प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । व्यावसायमा प्रशस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनालेमन चिन्तित रहेने छ । सरकारि तथा प्रशासनिक क्षेत्रमा कामगर्दा ध्यान दिनुहोला झन्झटिलो प्रकृया अवलम्बन गर्नु पर्ने तथा अनाबस्यक मुद्दा मामिला बेहोर्नु पर्ने हुनसक्छ । सामाजिक कामको सिलसिलामा दिनभर ब्यस्त भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । सामाजिक कामहरु बिग्रने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निर्णायक तहमा बसेर महत्वपुर्ण निर्णयहरु गरेपनि गलत म्यासेज जानेहुदा आलोचना सहनु पर्नेछ । प्रेम प्रशङगमा अतितका यादहरुले झस्काउँदा मनमा नमिठो अनुभुति हुनेछ । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) जीवन साथिसँग रमाईलो स्थानको अवलोकन गर्न लामो दुरिको भ्रमण तय हुनेछ भने ब्याबसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सामुहिक लगानि कर्ता भेला पारेर नया व्यावसाय थालनि गर्दा लामो समय सम्म आम्दानि भईरहनेछ । पढाई लेखाईमा ध्यान जानेछ भने उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । बिभिन्न अवसर आउँने तथा ति अवसरहरुलाई सदुपयोग गरि बिलाशि जीवन ब्यातित गर्न सकिनेछ । मंगलबारदेखिको समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले बिभिन्न अवसरहरु गुम्नेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । निर्णायक पदमा हुनुहुन्छ भने तपाईबाट समाजलाई असर पर्ने घातक निर्णयहरु हुनसक्छन् ध्यान दिनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । खोज तथा अनुशन्धानका क्षेत्रमा समय लगानि गरेपनि लक्ष्य अनुरुप काम सम्पन्न गर्न कठिन हुनेछ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । यात्राका क्रममा बिभिन्न समस्याहरुको फेस गर्नुपर्दा मन चिन्तित हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे, पो) प्रतिश्पर्धाको लडाईमा तपाईको नाम अग्र पंत्तिमा आउँनेछ भने न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यावसायमा समय तथा परिस्थितिको अध्ययन तथा बिश्लेषण गरि लगानि बढाउँदा प्रसस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुबाट भौतिक सम्पति तथा उपाहार पाईने हुदा मन प्रशन्न रहनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो अझ गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ । राजनिति तथा समाजसेवामा जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ भने भबिश्यको लागि समर्थन बटुल्ने मौका मिल्नेछ । बिद्यामा तपाई अब्बल साबित हँनुहुनेछ । बिहिबारदेखि समय तपाईको पक्षमा नहुने हुनालेसमयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते) साताको शुरु अर्थात आईतबार तथा सोमबारको समय त्यति राम्रो नभएकोले बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझउनु पर्नेछ । अध्ययन अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले बिग्रने तथा नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेम प्रशङमा शंका तथा अबिश्वास सिर्जना हुनेछ भने तपाईको दाम्पत्य जीवन बिगार्न आफन्त तथा घर भित्रकै मानिसहरु लागि पर्नेछन् । मंगलबारदेखि समयमा सुधार आई राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले आज बिपक्षीहरुलाई सजिलै हरायर समाजमा आफ्नो प्रभुत्व जमाउँन सकिनेछ । व्यापारमा प्रशस्त लगानि बढाउन सकिने हुदा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । बिद्यामा चाहेजस्तै प्रगति गर्न सकिनेछ । कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंषा गर्दै हिड्नेछन । ऋण,रोग तथा सत्रुबाट छुटकरा मिल्नेछ । भौतिक सम्पति लाभ हुने तथा आफुले चाहेको बस्तु पाउँन सकिने हुदा मन खुसि रहनेछ । पारिवारिक बाताबरणमा रमाईलो यात्राका क्रममा मिष्टान्न भोजनका साथ मनमोहक दृष्यहरुको अवलोकन गर्ने अवसर जुर्नेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू) साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुनालेमन बिचलित हँुनेछ । अध्यान तथा अध्यापनमा खासै मन नजाने हुनालेअरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउँन निकै नै संघर्ष गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । प्रेममा एक अर्कालाई शंकाको नजरले हेर्दा सामान्य मनमुटाव सिर्जना हुन सक्छ । बिहिबारदेखि समयमा सुधार आई आफुले मन पराएको मानिससँग दिनभरु सँगै बस्न पाउँदा मन प्रशन्न रहनेछ भने घर परिवारमा तथा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । माया तथा मावलि पक्षबाट सहयोग प्राप्त हुने तथा मिलेर गरिने कुनै पनि कामहरु फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । जन सम्पर्क बढ्ने तथा दाजुभाई, छिमेकिबाट काममा भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो,रमाईलो तथा अर्थपुर्ण यात्राको तय गर्न सकिनेछ । मंगलबार तथा बुधबार समय तपाईको पक्षमा नहुने हुनालेबाहिरि वाताबरणबो ख्याल गर्नुहोला श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । परिवार तथा आफन्तजनबाट धोका हुन सक्छ सजक रहनुहोला । पढन पाढनमा समय दिन सकिने अवस्था रहने छैन भने आफन्त तथा घर परिवारमा उपस्थिति जनाउँन नसक्दा तपाईदेखि टाडिन सक्छन् ख्याल गर्नुहोला । बिहिबारदेखि समय परिवर्तन भई प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी) सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रशस्त समय खर्चनु पर्नेछ । मंगलबारदेखि समय परिवर्तन भई मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । कृषि तथा पशुपालन ब्याबसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्ने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबारबाट केहि मात्रमा लाध लिन सकिनेछ । साताको अन्तमा आफन्त सँग छुट्टियर टाडाको यात्रा गर्दा मनमा खिन्नता पैदा हुनेछ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुका लागि आजको दिन राम्रो रहेको भने प्रशस्त आम्दानि गर्न सकिनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । मंगलबारदेखि समय त्यति राम्रो नभएकोले खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । आन्तरिक यात्राको तय हँुनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हँुनेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् ।

मीन (दी दू थ झ ञ दे दो, चा ची) आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मंगलबार तथा बुधबार समय तपाईको पक्षमा नहुने हुनालेसामाजिक काम बिग्रने तथा मान सम्मानमा आघात पुग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बल्भनेहुदा काम गर्न असजिलो महशुष हुनेछ । घर परिवार तथा आफन्तलाई छाडेर लामो दुरिको यात्राको तय हुनेछ । बिहिबारदेखि समय पुनह तपाईकै पक्षमा आई नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस