आजबाट अनलाइनबाटै आफ्नो सवारीको राजस्व भुक्तानी र ब्लुबुक नवीकरण गर्न सकिने (तरिकासहित)


काठमाडौं, ८ श्रावन । आजबाट आफ्नो सवारी साधनको राजस्व र ब्लुबुक नबिकरण अनलाइनबाट नै गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना शुल्क, बीमालगायतका काम अनलाइनबाटै हुनेछन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यो सेवाको सुरुवातको उद्घाटन गरेका छन ।

बागमती प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार गरेसंगै अब सर्बसाधारणले खेप्दै आएको दुखको अन्त्य हुने भएको छ । यस अघि दिनभर लाइनमा बस्नु पर्ने देखि बिचौलियालाई पैसा खुवाएर काम लगाउनु पर्ने बाध्यता रहदै आएको थियो । कोरोना महामारीका बीच यो प्रणाली आएसंगै अब भने आफ्नो सवारीको राजस्व र नबिकरण घरैबाट गर्न सकिने भएपछि संक्रमणको जोखिमबाट समेत बच्न सकिने भएको छ ।

यो प्रणालीबाट आफ्नो सवारीको सम्पूर्ण विवरण समेत सेवाग्राही आफैले हेर्न सक्ने हुदा कार्यालय गएर सोधपुछ गर्ने समस्याको समेत हल भएको छ । वेबसाइट र एपमा गएर अनलाइन भेटघाट, सवारी नामसारी, सवारी बीमा, आफूले तिर्नु पर्ने राजस्व र नबिकरणको जानकारी त्यहीँबाट पाउन सकिने भएको छ ।

यसरी तिर्नुहोस आफ्नो सवारीको राजस्व र नबिकरण

www.tmis.bagamati.gov.np वेबसाइटमा गएर सवारीधनीले आफ्नो नम्बर राखेर खाता खोल्नुहोस। त्यहाँ गए पछी आफ्नो सवारीको सम्पूर्ण विवरण राख्नुहोस । सम्पूर्ण विवरण भरेपछि आफुले तिर्नु पर्ने राजस्व र नबिकरण गर्ने समयमा त्यहिबाट गर्नुहोस । रकम भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिटकार्ड, मोबाइल वालेट, ई–बैंकिङ जस्ता डिजिटल सेवा प्रदायकमार्फत गर्न सकिने । यस प्रणालीको उद्घाटन र डेमो यहाँबाट हेर्नुहोस ।

यो पनि – फर्मुला सिकाउछु भन्दै विजय शाहिले सुर्खेतमा ४५ लाख लिएको खुलासा, पिडितहरु आए मिडियामा (भिडियो)

काठमाडौँ, ८ श्रावन । अमेरिकी मेमरी च्याम्पियन नेल्सन डेलिससंगको अन्तर्वार्ता पछी पुन: आ.लो.चित बनिरहेका आफुलाई मेमरी किङ्ग बताउने विजय शाहीको अर्को क.र्तुत बाहिरिएको छ । विजय शाहीले सुर्खेतको विद्यालयबाट आफ्नो विद्या सिकाउने भन्दै करिब ४५ लाख रुपैया लिएको खुलासा भएको छ । शाहीले ६ महिना अगाडी विद्यार्थीहरुलाई क्लास दिन्छु भनेर करिब ९०० विद्यार्थीबाट प्रतिव्यक्ति पांच हजारको दरले ४५ लाख उठाएको सुर्खेत कै पिडित बसन्त वि.ष्टले बताएका छन ।

ति विद्यार्थीहरुसंग २० दिन मै मेमरी सिकाउने भन्दै पैसा उठाएको वि.ष्टले बताए । पिडितहरु अहिले एक आपसमा रकम तिरेको रसिद संकलन गरेर आफ्नो ठ.गिएको पैसा फिर्ता लिन मिडियाको सहारा लिन थालेका छन । विजय शाहीलाई सम्पर्क गर्दा मिडियामा नजानु भन्ने गरेको वि.ष्टले बताए । तर पछिल्लो समय आएर शाहीले फोन नै नउठाएपछि उनीहरु मिडियाको सम्पर्कमा आएका हुन् । विजय शाहीले आफ्ना मान्छेहरु सुर्खेतमा खटाएर रकम उठाएर ठ.गिमा लागेको पिडितहरुको आ.रोप छ । पिडितहरुका अनुसार पुस्कल शर्मा र ओमले त्यहाँबाट रकम उठाएका थिए । विजय शाहीको कुरामा विस्वास गरेर कोहि पनि न.फ.स्न सुर्खेतका पिडितहरुले सल्लाह पनि दिएका छन । पिडितहरुसंग गरिएको कुराकानी यहाबाट हेर्नुहोस ।

यो पनि – हराएका विजय शाहीले अमेरिकी मेमरी च्याम्पियनलाई घर मै बोलाएर उल्लु बनाएपछि (भिडियो हेर्नुहोस)

काठमाडौँ। मेमरी किङ भनेर चर्चामा आएका विजय शाही फेरी चर्चामा आएका छन । तर यो पाली भने उनि नेपाली मिडियामा आएर नभएर विदेशीको युट्युब च्यानलमा आएर चर्चामा आएका हुन् । बिजय शाहीको मेमरी पावरको बिषयमा यस अघि पनि जिज्ञाशा राखेका अमेरिकन मेमरी एथलेट नेल्सन डेलिसले बिजय शाहीलाई आफ्नो युट्युब च्यानल मार्फत ल्याएका छन । नेल्सन आफै अमेरिकाको चार पटक मेमरी च्याम्पियन भएका व्यक्ति हुन् ।

वास्तवमा नेल्सन नेपाल घुम्न आएको थाहा पाएका विजय शाही आफैले आफ्नो निवासमा बोलाएर आफ्नो कथित मेमरी पावर प्रमाणित गर्ने बताउछन । संयोगवस निषेधाज्ञाको कारण अन्तरास्ट्रिय उडान बन्द हुनाले गर्दा थप एक साता नेल्सन नेपाल मै रोकिनु पर्ने भएको हुदा उनि बिजय शाहीको निम्तो स्वीकार्दै क्यामेरा बोकेर उनि भएको ठाउ पुग्छन । जहा उनि पुग्नु अगाडी नै बिजय बाहेक थप तिन जना व्यक्तिहरु पनि उपस्थित भैसकेका हुन्छन । जस मध्ये दुई जना बिजयलाई अंग्रेजी ट्रान्सलेट गर्ने काम गरिरहेका हुन्छन । त्यस्तै अर्की एक युवती सहयोगी जस्तै गरेर चिया र पानी दिदै गरेको देखिन्छ । तर नेल्सनको युट्युब च्यानलमा अपलोड भएको भिडियोलाई अध्ययन गर्ने केहि युट्युबरहरुले भने ती युवती नै विजयको चटकको मुख्य पात्र भनेका छन् । विजय शाहीको योजना अनुसार ति युवतीले नेल्सनले परिक्षा लिएको कोठाको ढोका बाहिर मोबाइल मार्फत बिजयले परिक्षा लिन दिएको किताव पढ्दा अडियो रेकर्ड गरेको दावी दर्शकको छ ।

विजय शाही ति पात्र हुन्, जो नेपाली माझ गलत सावित भइसकेका छन् । उनले भने जस्तो त्यस्तो कुनै मेमरी शक्ति उनमा छैन भन्ने विभिन्न परिक्षामा प्रमाणित नै भईसकेको छ । विजयले जसरी नेपाली मिडिया सामू अनौठो हर्कत देखाउथे उनले त्यस्तै हर्कत नेल्सनको परिक्षामा पनि देखाएका छन । विजयले पढ्ने बेला सम्म सबैले हेर्न मिल्ने र जब लेख्ने बेला हुन्छ तब कसैले हेर्न नहुने र क्यामेराले समेत रेकर्ड गर्न नहुने जस्ता कुराले उनको शक्तिको विश्वासनियता हराउछ । जुन कुरा नेल्सनको भिडियोमा पनि देख्न सकिन्छ । नेल्सनले विजय शाहीलाई किताव मात्र पढाएनन केहि जायज प्रश्नहरु पनि गरेका छन । ति प्रश्नहरुको जवाफ दिने क्रममा विजय शाहीले आफु गलत भएको आफैले पोल खोलेको प्रमाणित हुन्छ । नेल्सनसंगको भिडियोमा विजय शाहीले अर्को नया कुरा पनि थपेका छन, ‘डिभाइन पावर’ । भन्नाले दैवीय शक्ति । जुन कुरा हाल सम्म उनले भनेका थिएनन । विजयलाई काली माताले शक्ति दिएको बताएका छन । त्यो सुनेर नेल्सनले खासै विस्वास नगरेपनि उनले यो कुरा दर्शकलाई नै जिम्मा दिएका छन ।

कुराकानीको क्रममा नेल्सनले विजयलाई अमेरिका झिकाउन चाहेको बताउदा विजय निक्कै हर्षित देखिन्थे । त्यस क्रममा विजयले नेपालीले आफुलाई विस्वास नगरेको र आफु अमेरिका नै जान चाहेको आशयमा टुटेफुटेको अंग्रेजीमा जवाफ दिन्छन । नेल्सनले आफ्नो युट्युब च्यानलमा सार्बजनिक गरेको उक्त भिडियोको कमेन्टमा लगभग सबैले विजय शाहीले नेपालको बेइज्जत गरेको बताएका छन । धेरैले नेल्सनसंग माफी माग्दै विजय शाहीको भ्रामक कुराको पछाडी नलाग्न अनुरोध समेत गरेका छन । विजय शाहीले नेल्सनको परिक्षामा गरेको चतुर्याईको बारे एक युट्युबरले यसरी स्पष्ट पारेका छन । भिडियो यहाबाट हेर्नुहोस ।

नेल्सनले विजय शाहीसंग गरेको परिक्षा र अन्तर्वार्ताको भिडियो यहाबाट हेर्नुहोस ।

यो पनि – आजको राशिफल : वि.सं.२०७८ साल साउन ०८ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई २३ तारिख

वि.सं.२०७८ साल साउन ०८ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि–चतुर्दशी, बिहान ०९ बजेर ५४ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– पूर्वाषाढा, दिउसो ०२ बजेर ३९ मिनेट उप्रान्त उत्तरषाढा । योग– वैधृति, बिहान १० बजेर १५ मिनेट उप्रान्त बिष्कुम्भ । करण– वणिज, बिहान ०९ बजेर ५४ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त बव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–धनु ,बेलुकी ०८ बजेर २२ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी ५६ पला । पूर्णिमाव्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नयाँ प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जानेछ भने आएस्रोतका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले बिद्यार्थीहरुका लागि आजको दिन फलदायि रहनेछ । धर्म,सस्कृती तथा नया नया ज्ञानको खोजी गर्ने काममा समय दिन पाउदा मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समय तथा परिस्थितिले रोजगारि दिलाउनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

यो पनि – साप्ताहिक रासिफल : साउन ०३ गते आईतबारदेखी साउन ०९ गते शनिबारसम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ) समय मध्ययम रहेकोछ । बोल्दा तथा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला तपाईको निर्णय आ.त्मघाति पनि हुन सक्छ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । दाजुभाई तथा छिमेकि सँग घरायसि कुरामा सामान्य बि.वाद बढ्नेछ भने व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबारहरु बिग्रन सक्छन् ध्यान दिनुहोला । काममा सहयोग गर्नेहरु भन्दा अल्मल्याउने हरु हाबि हुने हुनालेमहत्वपुर्ण कामहरु थाति रहन सक्छन् । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहँुन सक्छन् । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने अन्य व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो) साता राम्रो रहेकोछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहने तथा मिठो मसिनो परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्ब तथा आफन्तजन तपाईको कामदेखि प्रशन्न हुनेछन् । माया प्रेम तथा दाम्पत्य जीवनलाई थप सुमधुर बनाउँन सकिनेछ । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुने हुनालेमन प्रशन्न रहनेछ । हितैसि मित्रहरु सँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राको शिलशिलामा मनमोहक दृष्यहरुको अवलोकन गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साता उत्तम रहेको छ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि यो साता फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ ।

कर्कट (ही, हू ,हे, हो,डा,डी,डु,डे,डो) आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । कामहरु समयमा सम्पादन नहुने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने बिदेशबाट आयात हुने सामानको व्यापार व्यावसाय बाट प्रशस्त आम्दानि हुनेछ । बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउँमा बल तथा बुद्धि प्रयोग हुनेछ सजक रहनुहोला । मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ सजक रहनुहोला । पढाई लेखाईमा खासै ध्यान नजादा नतिजा अरुकै पक्षमा जानेछ । प्रेम प्रशंगमा सामान्य घटपट हुने तथा पति पति बिच अबिश्वासको बाताबरण सिर्जना हुनेछ । बुधबार दिउसो देखि समय परिवर्तन भएर तपाईकै पक्षमा आउँने हुनालेजनचाहाना अनुशार काम हुने हुनालेमान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सत्रु परास्त भएर जानेछन् भने प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुनेछ भने वनभोज तथा मांगलिक सभा समारोभमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) साताको शुरु आईतबारको समय राम्रो भएकोले नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सोमबार देखि समय परिवर्तन भई तपाईको पक्षमा नहुने हुनालेआम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने तथा उपचार खर्च बढेर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच अनाबस्यक बिषयमा बिवाद सिर्जना हुनेछ । साताको अन्तमा बैदेशिक लगानिबाट सञ्चालित सस्थाबाट आर्थिक लाभ हुने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) साताको पहिलो दिन अर्थात आईतबार समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । सोमबार देखि समय तपाईको पक्षमा नहुने हुनालेसामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । सामाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते) समय राम्रो रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । शैक्षिक क्षेत्र तथा व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । बनभोज तथा कुनै मांगलिक कार्यमा सहभागि भई स्वादिष्ट भोजनका .साथ दिनलाई रंगिन बनाउँन सकिनेछ । प्रशासनिक तथा सरकारि क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुनालेमान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णायक पदमा हुनुहुन्छ भने तपाईबाट गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुश्तरुपमा अगाडि बढ्नेछन् भने चुनौतिहरुका पर्खालहरु आफै ढल्नेछन् । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू) हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सुरक्षित रहनेछ । बिहिबार बिहानबाट समय तपाईकै पक्षमा आउँने हुनालेपढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुनालेनतिजा तपाईकै पोल्टोमा पर्नेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिम काम गरि अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । व्यापार बिस्तारको सवालमा ब्यापारिक तथा पारिवारिक यात्राको तय हुनेछ भने साझेदारि व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । बिहिबार बिहान देखि समय परिवर्तन हुने भएकोले कार्यक्षेत्रमा प्रसस्त समय दियपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ भने आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ भने नयाँ काम तत्काल शुरु नगर्नुहोला ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी) साताको शुरु आईतबार पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ । सोमबारदेखि समय मध्ययम रहेकोले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हावि हुनालेनतिजा उनिहरुकै पोल्टोमा जान सक्छ । व्यावसायमा नाफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ भने लगानि बढाउँन केहि समय कुर्नु उपयुक्त हुनेछ । माया प्रेममा बिगतका यादहरुले सताउँने हुदा दैनिक काम गर्न मन जानेछैन । स्वास्थ्यमा सामान्य समस्या बढ्न सक्छ खानपानमा ध्यान दिनुहोला । घर परिवारमा दैनिक आउँने समस्याले सताउने हुदा मानशिक तनाब बढेर जानेछ । माया प्रेममा आफुले माया गरेको मान्छेसँग मनमुटाब बढ्ने छ भने दाम्पत्य जीवनमा सामान्य घटपटको योग रहेको छ । ऋण, रोग तथा संकटको सामना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) समय उत्तम रहेकोले सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुनालेनयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउँने समय रहेकोछ भने आफन्तले उत्साहजनक समर्थन गर्नेछन् । कुनै पनि क्षेत्रमा हुने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले आज बिपक्षीहरुलाई सजिलै हरायर समाजमा आफ्नो प्रभुत्व जमाउँन सकिनेछ । व्यापारमा प्रशस्त लगानि बढाउन सकिने हुदा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् ।

मीन (दी दू थ झ ञ दे दो, चा ची) दाजुभाई तथा छिमेकिसँग नयाँ कामको सम्झौता हुने तथा सम्झौता अनुसार काम भए तपाईलाई प्रसस्त फाईदा हुनेछ । साथिभाई तथा आफन्तका साथ आन्तरिक यात्राको तय हुनेछ । पराक्रम बढ्ने हुनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । सोमबार तथा मंगलबार समय तपाईको पक्षमा नभएकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । बुधबार बाट समय पुनह तपाईकै पक्षमा आउँने भएकोले बिद्या तथा प्रतिश्पर्धामा पर्तिपर्धिहरुलाई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्वहरुको भेटघाटमा शैक्षिक गुणस्तर स्तर उन्नती गर्ने बिषयमा गहन छलफल हुनेछ । आत्मिय मित्र तथा आफ्नो प्रिय पात्रबाट प्रशस्त आर्थिक सहयोग प्राप्त गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस