विजय शाही पछी अर्पण शर्माको पनि झुटको पर्दाफास, गिनिज बुकमा रियल रेकर्ड राख्ने नवल पजियार वास्तविकता छर्लङ्ग पार्न आए मिडियामा (भिडियो हेर्नुहोस)


काठमाडौँ, १० श्रावन । ‘अर्पण भाई सधै सत्य बोल्नु होला, सहि काम गर्नु होला, जनतालाई र मिडियालाई कहिल्यै भ्रममा नपार्नु होला’, यो आग्रह हो विश्वमा सबै भन्दा धेरै ५४ वस्तुहरुको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन सफल व्यक्ति नवल पजियरको । उनले यो आग्रह अर्पण शर्मालाई गरेका हुन् । जो हिजो आज ८३ शब्दको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा दावी गर्दै आएका छन ।

नवल पजियारका अनुसार हाल सम्म उनको रेकर्ड कसैले ब्रेक गर्न सकेको छैन । अर्पण शर्माले नेपाली जनता र मिडियामा भ्रम छरीरहेको उनको दावी छ । हुन पनि हालको रेकर्ड हेर्ने हो भने गिनिज बुकको अफिसियल वेबसाइटमा नवल पजियार कै नाम देखिन्छ । त्यहाँ उनले राखेको ५४ शब्दको रेकर्ड कसैले तोड्न सकेको छैन । अर्पण शर्माले यस अघि गिनिज बुकमा नाम नै नलेखाएको भने हैन । उनले सन् २०१५ मा ४२ वस्तुहरुको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाएका थिए । तर उनको त्यो रेकर्डलाई त्यसको केहिँ समयमा नै दुई जनाले ब्रेक गरिसकेका थिए । नवलले ५४ शव्दको रेकर्ड राख्नु अगाडी ५२ शव्दमा शागर गुचीको रेकर्ड थियो, जुन रेकर्ड पजियारले तोड्दै आफ्नो नाममा पारेका थिए । पजियारले सन् २०२० को डिसेम्बर १९ तारिखका दिन भारतको हैदराबादमा उक्त रेकर्ड राखेका हुन् । जुन रेकर्ड अहिले सम्म कसैले तोड्न सकेको छैन ।

नवल पजियारको नाममा रहेको हालको गिनिज बुक अफ वोर्ल्ड रेकर्डको अफिसियल वेबसाइटको स्क्रिनसट

गिनिज बुकले सर्टिफिकेट नदिई ८३ शव्दको रेकर्ड राखेको भनेर मिडियाबाजी गर्नु भनेको विजय शाहीले १७० शव्द मेमरी गरेर मेमरी किङ बनेको भन्नु उस्तै भएको पजियार बताउछन । उनका अनुसार जब सम्म गिनिज बुकले सर्टिफिकेट दिदैन तव सम्म आफुलाई रेकर्ड होल्डर भन्नु भ्रम छर्नु मात्र हो । आफ्नो रेकर्ड तोडेको भनेर भ्रम फैल्याएको भन्दा पनि पजियारलाई दुख लागेको अर्को कुरा भनेको अर्पण शर्माले उनलाई भारतीय नागरिक भनेकोमा छ । मिडियामा अन्तर्वार्ता दिने क्रममा अर्पण शर्माले नवल पजियारलाई भारतीय नागरिक भनेको पजियारले बताए । तर अर्पण शर्माले आफैले त्यसो भनेको नसुनीए पनि मिडिया रिपोर्टमा त्यसो भनिएको भिडियो र पत्रपत्रिकामा लेखिएको भने आफ्नो सामाजिक संजाल फेसबुकमा शेयर गरेका छन । त्यो शेयर गर्दा अर्पण शर्माले करेक्सन नगर्नुले त्यो अर्पण शर्माले पनि भनेको हो भनेर पजियारले दुख व्यक्त गरेका छन । त्यो सुनेर निक्कै चित्त दुखाएका पजियारले एक भिडियो सार्बजनिक गर्दै आफ्नो नेपाली नागरिकता र पासपोर्ट समेत देखाएका छन । जुन नागरिकता बंशजको आधारमा नै छ ।

उता अर्पण शर्माले भने आफ्नो सामाजिक संजालमा एक पोष्ट शेयर गर्दै भनेका छन् – ‘मैले नयाँ रेकर्डका लागि २०७८ साल असार २६ गते झापाको भद्रपुर स्थित विरेन्द्र नमुना माध्यमिक विद्यालयको सभा हलमा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरुको सहभागितामा आफ्नो प्रस्तुति राख्न सफल भएको छु । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल पुलिस भद्रपुरका निरीक्षक (इन्स्पेक्टर) तथा विशिष्ट अतिथिको रुपमा लायन्स क्लब भद्रपुरका अध्यक्ष हुनुहुन्थ्यो। यो रेकर्डका लागि मैले १ मिनटमा ८३ वटा वस्तुको क्रम स्मरण गर्न सफल भएको छु । सोहि दिन पहिलो पटकको प्रयासमा मैले ८३ मध्ये ८१ वस्तुको स्मरण गर्न सफल भएको थिए । दोस्रो प्रयासमा ८३ मा ८३ नै वस्तुको क्रम स्मरण गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो सबै प्रमाणहरु पेश गर्न लागेको छु । गिनिज बुकले भेरिफाई गरेपछि मात्रै आधिकारिक हुनेछ । गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र (Certificate) नआईन्जेल सम्म यो “Unofficial Record” नै रहन्छ ।’

तर अचम्मको कुरा चाही के भने अपर्ण शर्माले यहि दावी डेड वर्ष अगाडी २०७६ माघ २४ गते पनि गरेका थिए । त्यो कुराको जानकारी उनि आफै सामाजिक संजालमा बोल्दै गराएका थिए । त्यस्तै देशका चर्चित मिडियामा उनले छपाएको बिज्ञापनबाट जानकारी भएको थियो । तर उनलाई अहिले सम्म गिनिजले सर्टिफिकेट दिएको बारे केहि जानकारी आएन । यसको मतलव उनको त्यो दावी गिनिजले अस्विकार गरिसकेको हुनसक्छ ।

नवल पजियारले अर्पण शर्मालाई चुनौती दिदै मिडियामा अन्तर्वार्ता दिएको भिडियो यहाँबाट हेर्नुहोस ।

आफ्नो नेपाली नागरिक र राहदानी देखाउदै नवल पजियार :

एक युट्युबरले यस विषयमा छोटकरीमा केलाएर तयार पारेको भिडियो यहाँबाट हेर्नुहोस ।

यो पनि – अन्तत अमेरिकी मेमरी च्याम्पियन नेल्सन डेलिसले पनि विजय शाहीको असली रुपको पहिचान गरे, भर्खरै राखे यस्तो दोश्रो भिडियो (भिडियो हेर्नुहोस)

काठमाडौँ, ९ श्रावन । अमेरिकी मेमरी एथलेट नेल्सन डेलिसले अन्तत विजय शाहीको असली रुप पहिचान गरेका छन । नेल्सन आफै चार पटक अमेरिकन मेमरी च्याम्पियन समेत हुन् । केहि समय अगाडी विश्वको सर्बोच्च शिखर सगरमाथा चढ्न नेपाल आएको बेला विजय शाहीको अनुरोध स्वीकारेर उनलाई भेटेपछि विजय शाही सहि हो जस्तो पाराको भिडियो बनाएर आफ्नो युट्युब च्यानलमा अपलोड गरेपछि उनको उक्त भिडियो नेपाली माझ निक्कै चर्चामा आएको थियो ।

विजय शाहीसंगको अन्तर्वार्ता भनेर नेल्सनले सार्बजनिक गरेको उक्त भिडियोको धेरै नेपाली युट्युबरहरुले रियाक्सन भिडियो पनि बनाएका थिए । त्यस्तै नेल्सनले युट्युबमा राखेको विजय शाहीको भिडियो मुनि हजारौ नेपालीहरुले प्रतिक्रिया समेत दिएका थिए । भिडियो अपलोड गर्दा सम्म विजय शाहीमा सामान्य प्रतिभा त छ कि जस्तो सम्झेर नेल्सनले युट्युबमा राखे पनि त्यस मुनि आएको प्रतिक्रियाले नेल्सनको आखा खोलीदिएको थियो । उनको भिडियो मुनि हजारौले विजय शाही मात्र स्क्यामर हुन्, नेल्सनलाई उल्लु बनाए जस्ता प्रतिक्रियाको वर्षा भएको छ । नेल्सनलाइ उक्त भिडियोमा विजयले कसरी बेबकुफ बनाए भनेर धेरै युट्युबहरुले प्रमाण पनि देखाएका थिए । ति भिडियोहरु पनि नेल्सनले राम्ररी केलाएर अन्तत उनि आफु स्क्याम भएको निष्कर्षमा आएका छन । नेल्सनले आफु उल्लु बनेको भन्दै दोश्रो भिडियोमा स्वीकारेका छन । भिडियो यहाबाट हेर्नुहोस ।

यो पनि – सुर्खेत र धनगडीपछी नेपालगंजबाट पनि विजय शाहीले लाखौ रुपैया ठ.गेको भन्दै मिडियामा आए पिडितहरु (भिडियो)

काठमाडौँ, ९ श्रावन । अमेरिकी मेमरी च्याम्पियन नेल्सन डेलिससंगको अन्तर्वार्ता पछी पुन: आ.लो.चित बनिरहेका आफुलाई मेमरी किङ्ग बताउने विजय शाहीको अर्को क.र्तुत बाहिरिएको छ । शाहीले नेपालको पश्चिम क्षेत्रमा महिनौ अगाडी देखि नै ठ.गि गर्दै आएको खुलेको हो । सुरुमा विजय शाहीबाट लाखौ रुपैया ठ.गिएको भन्दै सुर्खेतका पिडितहरु मिडियामा आएका थिए । त्यस लगत्तै धनगडी हुदै नेपालगंजका पिडितहरु पनि आफु ठ.गिएको भन्दै मिडियाको सम्पर्कमा आएका छन ।

उनीहरुले आफुले तिरेको रसिद सहित आफु ठ.गिएको भन्दै मिडियामा आएका हुन् । पिडित मध्यका एक जना विवेक साउदका अनुसार शाहीका मान्छे पुस्कल शर्मा र ओम प्रकास शर्मा लगायतले त्यहाँबाट रकम उठाएका थिए । सुर्खेतमा जनही पाँच हजार उठाएका उनीहरुले नेपालगंजमा भने जनही पैतिस सय उठाएका थिए । त्यहाँ चार सय जना भन्दा बढीबाट झन्डै १५ लाख रुपैया विजय शाहीले उठाएको पिडित साउदले बताए । पिडितसंग पुग्य गौतमले गरेको कुराकानी यहाबाट हेर्नुहोस ।

यो पनि – फर्मुला सिकाउछु भन्दै विजय शाहिले सुर्खेतमा ४५ लाख लिएको खुलासा, पिडितहरु आए मिडियामा (भिडियो)

काठमाडौँ, ८ श्रावन । विजय शाहीले सुर्खेतको विद्यालयबाट आफ्नो विद्या सिकाउने भन्दै करिब ४५ लाख रुपैया लिएको खुलासा भएको छ । शाहीले ६ महिना अगाडी विद्यार्थीहरुलाई क्लास दिन्छु भनेर करिब ९०० विद्यार्थीबाट प्रतिव्यक्ति पांच हजारको दरले ४५ लाख उठाएको सुर्खेत कै पिडित बसन्त वि.ष्टले बताएका छन ।

ति विद्यार्थीहरुसंग २० दिन मै मेमरी सिकाउने भन्दै पैसा उठाएको वि.ष्टले बताए । पिडितहरु अहिले एक आपसमा रकम तिरेको रसिद संकलन गरेर आफ्नो ठ.गिएको पैसा फिर्ता लिन मिडियाको सहारा लिन थालेका छन । विजय शाहीलाई सम्पर्क गर्दा मिडियामा नजानु भन्ने गरेको वि.ष्टले बताए । तर पछिल्लो समय आएर शाहीले फोन नै नउठाएपछि उनीहरु मिडियाको सम्पर्कमा आएका हुन् । विजय शाहीले आफ्ना मान्छेहरु सुर्खेतमा खटाएर रकम उठाएर ठ.गिमा लागेको पिडितहरुको आ.रोप छ । पिडितहरुका अनुसार पुस्कल शर्मा र ओम प्रकास शर्माले त्यहाँबाट रकम उठाएका थिए । विजय शाहीको कुरामा विस्वास गरेर कोहि पनि न.फ.स्न सुर्खेतका पिडितहरुले सल्लाह पनि दिएका छन । पिडितहरुसंग गरिएको कुराकानी यहाबाट हेर्नुहोस ।

यो पनि – हराएका विजय शाहीले अमेरिकी मेमरी च्याम्पियनलाई घर मै बोलाएर उल्लु बनाएपछि (भिडियो हेर्नुहोस)

काठमाडौँ। मेमरी किङ भनेर चर्चामा आएका विजय शाही फेरी चर्चामा आएका छन । तर यो पाली भने उनि नेपाली मिडियामा आएर नभएर विदेशीको युट्युब च्यानलमा आएर चर्चामा आएका हुन् । बिजय शाहीको मेमरी पावरको बिषयमा यस अघि पनि जिज्ञाशा राखेका अमेरिकन मेमरी एथलेट नेल्सन डेलिसले बिजय शाहीलाई आफ्नो युट्युब च्यानल मार्फत ल्याएका छन । नेल्सन आफै अमेरिकाको चार पटक मेमरी च्याम्पियन भएका व्यक्ति हुन् ।

वास्तवमा नेल्सन नेपाल घुम्न आएको थाहा पाएका विजय शाही आफैले आफ्नो निवासमा बोलाएर आफ्नो कथित मेमरी पावर प्रमाणित गर्ने बताउछन । संयोगवस निषेधाज्ञाको कारण अन्तरास्ट्रिय उडान बन्द हुनाले गर्दा थप एक साता नेल्सन नेपाल मै रोकिनु पर्ने भएको हुदा उनि बिजय शाहीको निम्तो स्वीकार्दै क्यामेरा बोकेर उनि भएको ठाउ पुग्छन । जहा उनि पुग्नु अगाडी नै बिजय बाहेक थप तिन जना व्यक्तिहरु पनि उपस्थित भैसकेका हुन्छन । जस मध्ये दुई जना बिजयलाई अंग्रेजी ट्रान्सलेट गर्ने काम गरिरहेका हुन्छन । त्यस्तै अर्की एक युवती सहयोगी जस्तै गरेर चिया र पानी दिदै गरेको देखिन्छ । तर नेल्सनको युट्युब च्यानलमा अपलोड भएको भिडियोलाई अध्ययन गर्ने केहि युट्युबरहरुले भने ती युवती नै विजयको चटकको मुख्य पात्र भनेका छन् । विजय शाहीको योजना अनुसार ति युवतीले नेल्सनले परिक्षा लिएको कोठाको ढोका बाहिर मोबाइल मार्फत बिजयले परिक्षा लिन दिएको किताव पढ्दा अडियो रेकर्ड गरेको दावी दर्शकको छ ।

विजय शाही ति पात्र हुन्, जो नेपाली माझ गलत सावित भइसकेका छन् । उनले भने जस्तो त्यस्तो कुनै मेमरी शक्ति उनमा छैन भन्ने विभिन्न परिक्षामा प्रमाणित नै भईसकेको छ । विजयले जसरी नेपाली मिडिया सामू अनौठो हर्कत देखाउथे उनले त्यस्तै हर्कत नेल्सनको परिक्षामा पनि देखाएका छन । विजयले पढ्ने बेला सम्म सबैले हेर्न मिल्ने र जब लेख्ने बेला हुन्छ तब कसैले हेर्न नहुने र क्यामेराले समेत रेकर्ड गर्न नहुने जस्ता कुराले उनको शक्तिको विश्वासनियता हराउछ । जुन कुरा नेल्सनको भिडियोमा पनि देख्न सकिन्छ । नेल्सनले विजय शाहीलाई किताव मात्र पढाएनन केहि जायज प्रश्नहरु पनि गरेका छन । ति प्रश्नहरुको जवाफ दिने क्रममा विजय शाहीले आफु गलत भएको आफैले पोल खोलेको प्रमाणित हुन्छ । नेल्सनसंगको भिडियोमा विजय शाहीले अर्को नया कुरा पनि थपेका छन, ‘डिभाइन पावर’ । भन्नाले दैवीय शक्ति । जुन कुरा हाल सम्म उनले भनेका थिएनन । विजयलाई काली माताले शक्ति दिएको बताएका छन । त्यो सुनेर नेल्सनले खासै विस्वास नगरेपनि उनले यो कुरा दर्शकलाई नै जिम्मा दिएका छन ।

कुराकानीको क्रममा नेल्सनले विजयलाई अमेरिका झिकाउन चाहेको बताउदा विजय निक्कै हर्षित देखिन्थे । त्यस क्रममा विजयले नेपालीले आफुलाई विस्वास नगरेको र आफु अमेरिका नै जान चाहेको आशयमा टुटेफुटेको अंग्रेजीमा जवाफ दिन्छन । नेल्सनले आफ्नो युट्युब च्यानलमा सार्बजनिक गरेको उक्त भिडियोको कमेन्टमा लगभग सबैले विजय शाहीले नेपालको बेइज्जत गरेको बताएका छन । धेरैले नेल्सनसंग माफी माग्दै विजय शाहीको भ्रामक कुराको पछाडी नलाग्न अनुरोध समेत गरेका छन । विजय शाहीले नेल्सनको परिक्षामा गरेको चतुर्याईको बारे एक युट्युबरले यसरी स्पष्ट पारेका छन । भिडियो यहाबाट हेर्नुहोस ।

नेल्सनले विजय शाहीसंग गरेको परिक्षा र अन्तर्वार्ताको भिडियो यहाबाट हेर्नुहोस ।

यो पनि – साप्ताहिक रासिफल : साउन १० गते आईतबारदेखी साउन १६ गते शनिबारसम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ भने हप्ताको अन्त्य शुक्रबार बेलुकाबाट समय तपाईको पक्षमा नहुने हुनालेकुनैपनि काम गर्दा ध्यान दिएर गर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट केहिमात्रमा लाभ लिन सकिनेछ भने कृषि तथा पशुपालन ब्याबसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुनालेअन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ । बुधबार दिउसोबाट समय प्रतिकुल रहेकोले मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । शुक्रबार बेलुकाबाट समय तपाईकै पक्षमा आउँने हुनालेप्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) मंगलबार सम्मको समय त्यति राम्रो नभएकोले छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्ला ध्यान दिनुहोला । पराक्रम तथा आट गर्न नसक्दा धन कमाउँने अवसर गुम्ने छ । समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । बुधबारदेखि समय राम्रो रहेकोले शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । बंश बृद्धिको योग रहेको छ भने छोरा छोरिको प्रगति देखेर घर परिवारका सदस्य तथा छिमेकिहरु खुसि हुनेछन् । आकस्मिक धन तथा भौतिक सम्पति लाभ हुनेछ । प्रतिश्पर्धाको लडाईमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । नयाँ नयाँ काम गर्ने जागर आउने तथा काम गर्ने शैलि परिवर्तन गरेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो) तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ भने यात्राका क्रममा साथिभाई तथा आत्मिय मित्रका साथ मिठा मिठा परिकार खादै तथा पिउदै दिन ब्यातित गर्न सकिनेछ । छिमेकि तथा दाजुभाई हरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । हप्ताको अन्त्य तथा शुक्रबार बेलुका समय तपाईको पक्षमा नहुने हुनालेसामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा अध्ययन अनुशन्धानमा मन जाने छैन ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । तपाईको स्पष्ट बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । कुटुम्ब तथा आफन्त जन तपाईको कामदेखि प्रशन्न हुनेछन् । माया प्रेम तथा पति पत्नि बिच मायाको डोरो झन कसिलो भएर जानेछ । बुधबार दिउँसोबाट समय तपाईको पक्षमा नहुने हुनालेदाजुभाई सँग घरायसि कुरामा सामान्य बिवाद बढ्नेछ भने छिमेकिहरुबाट तपाईको काममा सहयोग तथा समर्थन हुने छैन । व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि दिन फलदायि रहनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । बुधबार दिउँसोदेखि समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुनपनि सक्छ । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ । शुक्रबार बेलुकाबाट पुनह समय तपाईकै पक्षमा आउँने हुनालेउद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ भने दाजुभाई तथा छिमेकिहरुबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,ते) थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुने योग रहेको छ । सरकारि तथा गैर सरकारि सस्थामा नोकरि तथा पदोन्नति हुने गतिलो सम्भावना रहेको छ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुनालेमन प्रशन्न रहनेछ । बुधबार दिउँसोबाट समय तपाईको पक्षमा नहुने हुनालेराम्रो काम गर्दा गर्दै आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । शुक्रबार बेलुकाबाट समय अनुकुल हुने हुनालेपारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) हप्ताको शुरु आईतबार सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सामाजिक काममा समय खर्च भए पनि जस पाईने छैन । सोमबारदेखि समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने हुनालेअरुलाई पछि पार्दै सफलताका सिडिहरु चड्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट मनग्गे फाईदा हुनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशि भुमिमा बसेर समय खर्चिनेहरुले मनग्गे रुपैया पौस कमाउँन सक्नेछन् । शुक्रबार बेलुकाबाट समय तपाईको पक्षमा नहुने हुनालेकाम गर्दा ख्याल गर्नुहोला मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । सुधारात्मक कार्यमा खर्च बड्नेछ । अनाबस्यक ठाउमा बल तथा बुद्धि प्रयोग हुनेछ भने सुरक्षा चुनौति बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) समय राम्रो रहेकोछ । मन्दिर तथा धार्मिक प्रतिष्ठानतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुनालेमान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ । हत्ताको अन्त्य तथा शनिबार बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) साताको शुरु तथा आईतबार समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलकाहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । सोमबारदेखि बुधबार बिहान सम्मको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाएर प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । बुधबार दिउसोबाट समय प्रतिकुल रहेकोले समय तथा परिस्थितिले ब्यास्त बनाए पनि न्यून पारिश्रमिकमा अल्झनु पर्दा आर्थिक मुद्दाहरु थाति रहनेछन् । काममा अप्रत्यासित बाधा ब्याबधान आउँने तथा उपलब्धि बिहिन काममा समय खर्च हुनेछ त्यसैले समय र परिस्थितिको अध्ययन गरेर मात्र कुनै काम शुरु गर्नुहोला । शुक्रबार बेलुकिबाट समय पुनह तपाईको पक्षमा आउँने हँुनाले नौलो प्रकृतिको काममा हात हालि रुपैया पैसा प्रसस्त कमाउँने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) जीवन साथिसँग रमाईलो स्थानको अवलोकन गर्न लामो दुरिको भ्रमण तय हुनेछ भने ब्याबसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सोमबारदेखि बुधबारसम्मको समय त्यति उपयुक्त नभएकोले कार्यक्षेत्रमा आफुभन्दा अग्रज ब्यात्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ भने नयाँ काम तत्काल शुरु नगर्नुहोला । बुधबार दिउँसादेखि समय तपाईकै पक्षमा आउँने हुनालेधार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ कामको थालनि हुने तथा आर्थिक उन्नतिमा नयाँ अवसरहरु मिल्नेछन् । सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । तपाईको कामबाट बिशिष्ट ब्याक्तित्वहरु प्रफुल्लित हुनेछन् । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) हप्ताको शुरु अर्थात आईतबार संकट ब्याबस्थापनको लागि चालिएका कदमहरु निरर्थक हुनेछन् । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । सोमबारबाट समय राम्रो भएकोले व्यावसायलाई बिस्तार गर्ने सवालमा रमाईलो तथा उपलब्धिमुलक यात्राको तय हुनेछ । आफुले मन पराएको मानिसलाई आफनै मनमुटुमा राखेर माया गर्न पाउँन मन प्रसन्न हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाई चाहेको गन्तब्यमा पुगि नतिजा हात पार्न सकिनेछ । हप्ताको अन्त्य शुक्रबारदेखि समय अनुकुल नभएकोले सामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुन सक्छ । पढाई देखाई तथा खोज अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस