भोलीको राशिफल : वि.सं.२०७८ साल साउन १४ गते । बिहीबार । ईश्वी सन् २०२१ जुलाई २९ तारिख


वि.सं.२०७८ साल साउन १४ गते । बिहीबार । ईश्वी सन् २०२१ जुलाई २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– षष्ठी,अहोरात्र । नक्षत्र– उत्तरभाद्रपदा, दिउसो ०२ बजेर ४४ मिनेट उप्रान्त रेवती । योग–सुकर्मा, बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त धृति । करण– गर, बेलुकी ०४ बजेर ०३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ३८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आय आर्जन बढाउन सक्नेछन् । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नयाँ प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

तपाईँकोे दिन शुभ रहोस् ।

यो पनि – साप्ताहिक रासिफल : साउन १० गते आईतबारदेखी साउन १६ गते शनिबारसम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ भने हप्ताको अन्त्य शुक्रबार बेलुकाबाट समय तपाईको पक्षमा नहुने हुनालेकुनैपनि काम गर्दा ध्यान दिएर गर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट केहिमात्रमा लाभ लिन सकिनेछ भने कृषि तथा पशुपालन ब्याबसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुनालेअन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ । बुधबार दिउसोबाट समय प्रतिकुल रहेकोले मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । शुक्रबार बेलुकाबाट समय तपाईकै पक्षमा आउँने हुनालेप्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) मंगलबार सम्मको समय त्यति राम्रो नभएकोले छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्ला ध्यान दिनुहोला । पराक्रम तथा आट गर्न नसक्दा धन कमाउँने अवसर गुम्ने छ । समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । बुधबारदेखि समय राम्रो रहेकोले शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । बंश बृद्धिको योग रहेको छ भने छोरा छोरिको प्रगति देखेर घर परिवारका सदस्य तथा छिमेकिहरु खुसि हुनेछन् । आकस्मिक धन तथा भौतिक सम्पति लाभ हुनेछ । प्रतिश्पर्धाको लडाईमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । नयाँ नयाँ काम गर्ने जागर आउने तथा काम गर्ने शैलि परिवर्तन गरेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो) तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ भने यात्राका क्रममा साथिभाई तथा आत्मिय मित्रका साथ मिठा मिठा परिकार खादै तथा पिउदै दिन ब्यातित गर्न सकिनेछ । छिमेकि तथा दाजुभाई हरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । हप्ताको अन्त्य तथा शुक्रबार बेलुका समय तपाईको पक्षमा नहुने हुनालेसामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा अध्ययन अनुशन्धानमा मन जाने छैन ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । तपाईको स्पष्ट बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । कुटुम्ब तथा आफन्त जन तपाईको कामदेखि प्रशन्न हुनेछन् । माया प्रेम तथा पति पत्नि बिच मायाको डोरो झन कसिलो भएर जानेछ । बुधबार दिउँसोबाट समय तपाईको पक्षमा नहुने हुनालेदाजुभाई सँग घरायसि कुरामा सामान्य बिवाद बढ्नेछ भने छिमेकिहरुबाट तपाईको काममा सहयोग तथा समर्थन हुने छैन । व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि दिन फलदायि रहनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । बुधबार दिउँसोदेखि समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुनपनि सक्छ । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ । शुक्रबार बेलुकाबाट पुनह समय तपाईकै पक्षमा आउँने हुनालेउद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ भने दाजुभाई तथा छिमेकिहरुबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,ते) थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुने योग रहेको छ । सरकारि तथा गैर सरकारि सस्थामा नोकरि तथा पदोन्नति हुने गतिलो सम्भावना रहेको छ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुनालेमन प्रशन्न रहनेछ । बुधबार दिउँसोबाट समय तपाईको पक्षमा नहुने हुनालेराम्रो काम गर्दा गर्दै आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । शुक्रबार बेलुकाबाट समय अनुकुल हुने हुनालेपारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) हप्ताको शुरु आईतबार सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सामाजिक काममा समय खर्च भए पनि जस पाईने छैन । सोमबारदेखि समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने हुनालेअरुलाई पछि पार्दै सफलताका सिडिहरु चड्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट मनग्गे फाईदा हुनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशि भुमिमा बसेर समय खर्चिनेहरुले मनग्गे रुपैया पौस कमाउँन सक्नेछन् । शुक्रबार बेलुकाबाट समय तपाईको पक्षमा नहुने हुनालेकाम गर्दा ख्याल गर्नुहोला मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । सुधारात्मक कार्यमा खर्च बड्नेछ । अनाबस्यक ठाउमा बल तथा बुद्धि प्रयोग हुनेछ भने सुरक्षा चुनौति बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) समय राम्रो रहेकोछ । मन्दिर तथा धार्मिक प्रतिष्ठानतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुनालेमान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ । हत्ताको अन्त्य तथा शनिबार बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) साताको शुरु तथा आईतबार समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलकाहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । सोमबारदेखि बुधबार बिहान सम्मको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाएर प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । बुधबार दिउसोबाट समय प्रतिकुल रहेकोले समय तथा परिस्थितिले ब्यास्त बनाए पनि न्यून पारिश्रमिकमा अल्झनु पर्दा आर्थिक मुद्दाहरु थाति रहनेछन् । काममा अप्रत्यासित बाधा ब्याबधान आउँने तथा उपलब्धि बिहिन काममा समय खर्च हुनेछ त्यसैले समय र परिस्थितिको अध्ययन गरेर मात्र कुनै काम शुरु गर्नुहोला । शुक्रबार बेलुकिबाट समय पुनह तपाईको पक्षमा आउँने हँुनाले नौलो प्रकृतिको काममा हात हालि रुपैया पैसा प्रसस्त कमाउँने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) जीवन साथिसँग रमाईलो स्थानको अवलोकन गर्न लामो दुरिको भ्रमण तय हुनेछ भने ब्याबसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सोमबारदेखि बुधबारसम्मको समय त्यति उपयुक्त नभएकोले कार्यक्षेत्रमा आफुभन्दा अग्रज ब्यात्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ भने नयाँ काम तत्काल शुरु नगर्नुहोला । बुधबार दिउँसादेखि समय तपाईकै पक्षमा आउँने हुनालेधार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ कामको थालनि हुने तथा आर्थिक उन्नतिमा नयाँ अवसरहरु मिल्नेछन् । सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । तपाईको कामबाट बिशिष्ट ब्याक्तित्वहरु प्रफुल्लित हुनेछन् । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) हप्ताको शुरु अर्थात आईतबार संकट ब्याबस्थापनको लागि चालिएका कदमहरु निरर्थक हुनेछन् । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । सोमबारबाट समय राम्रो भएकोले व्यावसायलाई बिस्तार गर्ने सवालमा रमाईलो तथा उपलब्धिमुलक यात्राको तय हुनेछ । आफुले मन पराएको मानिसलाई आफनै मनमुटुमा राखेर माया गर्न पाउँन मन प्रसन्न हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाई चाहेको गन्तब्यमा पुगि नतिजा हात पार्न सकिनेछ । हप्ताको अन्त्य शुक्रबारदेखि समय अनुकुल नभएकोले सामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुन सक्छ । पढाई देखाई तथा खोज अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस