गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी


–गणेश खनियाँ, टोकियो, १७ साउन (रासस) : गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनुभएको छ । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उहाँ निर्वाचित हुनुभएको हो । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।

निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गर्नुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित हुनुभएको छ । यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिनुभएको थियो ।

यो पनि – मोतिराज खनाल र चुमान काउछाको तिज गीत ‘जम्काभेट’ विमोचन

काठमाडौँ, १७ साउन (रासस) : मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को विमोचन गरिएको छ । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।

उहाँले पछिल्लो सयम विकृतिजन्य गीत बजारमा आइरहेकाले ती गीतलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले भाषा, कला संस्कृतिको विकास, सम्वद्र्धन र उत्थानमा महासङ्घले निरन्तर काम गरिरहेको जनाउँदै स्रष्टाको वृत्तिविकास र सम्मानमा कुनै कमि नराखिने बताउनुभयो ।

नेकपा (एमाले) अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष विशाल मिश्रले खनाल कुशल कलाकारका रुपमा स्थापित भइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट खालका प्रस्तुति पस्कन आग्रह गर्नुभयो । समाजसेवी ऋषिराम भुसालले राज्यले कलाकारलाई उचित ढङ्गले सम्बोधन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा योगदान गर्ने करिब एक दर्जन व्यक्तिलाई सम्मान गरिएको छ ।

गीतमा खनाल, काउछा र आशा बिसीको स्वर रहेको छ । लय, शब्द खनालकै छ भने एरेञ्ज काउछाले गर्नुभएको छ । गीतको भिडियो निर्देशन सुमन सागरजंग केसीले गर्नुभएको छ । भिडियोमा निर्देशक केसी, बबिता श्रेष्ठ, सौगात मिश्र, काफिया ढकाल, केशव पाण्डे र गायक खनालले समेत अभिनय गर्नुभएको छ । गीतलाई मञ्जरी क्रियशन युटुब च्यानलबाट बजारमा ल्याइएको हो ।

खनालका यसअघि ‘जुनीजुनी सँगै बाचौँला’, ‘ऋण बढेर दोब्बर भइसक्यो’, ‘सँगै सुते लाग्छ गोडामा’, ‘लाली गुराँस फुल्यो मायालु’, ‘क्या राम्री पुतली’, ‘मामा घर’, ‘सधै तमासा’ र ‘के जवाना आयो बरिलै’ बजारमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस