सुनिता थेगिम र सुवास मगरको ‘पछ्यौँरी ढाकाकै’ म्युजिक भिडियो सार्बजानिक : सोनिया लिम्बु र जोन मगरको दमदार अभिनय


काठमाडौं – सुनिता थेगिम र सुवास मगरको स्वरमा पुर्बेली भाकामा रहेको ‘पछ्यौरी ढाकाकै’ बोलको गीत सार्वजनिक भएको छ । पुर्बी पहाडको विभिन्न स्थानमा छायाँकन गरिएको यस म्युजिक भिडियोमा खगेन्द्र पन्धाक लिम्बूको शब्द/ संगीत रहेको छ भने एरेञ्ज श्याम लिम्बू (रिजन) को रहेको छ र जुन गीतको मिक्सिङ कुमार सानु पुनले गरेका हुन् । प्रकाश लिम्बूको निर्देशनमा  रहेको भिडियोमा सोनिया लिम्बू, जोन पुलामी मगर, किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो आदिको अभिनय रहेको छ । छायांकन साथै सम्पादन बिबी लिम्बूको र ड्रोन पर्शु लिम्बूको रहेको छ । म्युजिक भिडियो रेन्वोरेज मिडिया प्रा.लि बाट सार्बजानिक गरिएको  छ ।

(भिडियो)

यो पनि –‘द भ्वाइस अफ नेपाल’ को आजको ताजा एपिसोड हेर्नुहोस (भिडियो)

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ ले फाइनालिस्ट प्रतिभा पाएको छ । शुक्रबार साझ भएको भोटिङको रिजल्ट अनुसार द भ्वाइसले टप ४ प्रतिभाहरु पाएको हो । सेमिफाइनलमा द भ्वाइसको फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका हुन् ।

टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् । टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् । टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् ।

एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा यी फाइनालिस्टहरु छानिएका हुन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेको लागि भोट गर्न आज शनिबार यी चार फाइनालिस्टले आफ्नो प्रस्तुति दिने छन । र पब्लिक भोटको आधारमा अर्को साता द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता घोषणा हुने छ । ग्राण्ड फिनालेमा पुगेका चार फाइनलिस्टसंग आज गरिएको कुराकानी यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस