मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितिन


न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् ।यस्तै फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् । मिस नेपाल नर्थ अमेरिका-२०२ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेत उपस्थित थिए । सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए । नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताए । बिजेता गरिमाले केही गीत स्वर भर्ने संगै मोडलिङ्ग समेत गरेकी छिन्।

यो पनि – नयाँ घर पाएपछि वादी समुदायमा खुसीयाली

अर्घाखाँची, २५ साउन (रासस) ः वर्षौंदेखि खोला किनारको जङ्गलमा छाप्रोमुनि बस्दै आएका सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले नयाँ घर पाएपछि दङ्ग देखिएका छन् । विगत ३५ वर्षदेखि जङ्गलमा छाप्रोमुनि बस्दै आउनुभएकी उहाँ सुविधा सम्पन्न घरमा बस्न पाएपछि औधी खुसी भएका हुन् । “वर्षामा भेल छाप्रोभित्र पस्दा भत्किएर सधैँ दुःख पाउँथेँ,” उहाँले भन्नुभयो, “अब छाप्रो जलेर खुला आकासमुनि बस्नुपर्ने बाध्यता पनि टर्ने भो ।” दिनभरि खोलामा गिट्टी र बालुवा चालेर परिवार पाल्दै आउनुभएका उहाँले लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत दुईकोठे घर पाउनुभएको हो ।

खोला किनारको जङ्गलको छाप्रोबाट उहाँ पक्की घरमा सर्दै हुनुहुन्छ । मजदुरी र बालुवा चालेर गुजारा चलाएको उहाँले बताउनुभयो । “मजदुरीको पैसाले बिहान बेलुका छाक टार्न मात्रै पुग्छ,” उहाँले भन्नुभयो, “घडेरी किन्ने उपाय थिएन । खोला किनारमा बस्दा बर्खामा भेलले घर बगाइदिने, हिउँदमा डढेलोले घर जल्ने गर्दा साह्रै दुःख भएको थियो ।” घडेरीसँगै नयाँ घर पाएपछि बल्ल गरिबको सरकार आएजस्तो भएको उहाँको भनाइ छ ।


गरिबीका कारण ३५ वर्षसम्म जङ्गलमा त्रिपालको सहारामा कष्टकर जीवन बिताउँदै आएका सन्धिखर्क–२ भद्रीखोलाका वादी समुदायलाई सरकारले बनाइ दिएको नयाँ घर । घर पाएपछि उनीहरु खुशी भएका छन् । तस्बिर ः प्रेमनारायण आचार्य÷रासस

त्यस्तै बाहिरबाट बाँसको चिमले बारेर स्याउलाको छानोमुनि वर्षौंदेखि बस्दै आउनुभएका मधु वादीले भन्नुभयो, “धेरै समय खुला ठाउँमा बस्यौँ । बर्खामा छाप्रोभित्र भेल पसेर ओछ्यान र कपडा निथ्रुक्क भिज्ने र अन्नपात बगाउने जस्ता समस्या थियो । नयाँ घर पाएपछि बल्ल घरधनी भएको महसुस भएको छ ।” उहाँले नयाँ घर पाएपछि हामी औधि खुसी भएका छौँ भन्नुभयो ।

लक्ष्मी र मधु मात्रै होइन, सन्धिखर्क–२ चुत्राबँेसीमा विगत लामो समयदेखि छाप्रोमुनि बस्दै आएका वादी समुदायका ११ र दलित समुदायका दुई गरी १३ घरपरिवारले घडेरीसहित नयाँ घर पाएका छन् । सन्धिखर्क नगरपालिकाले रु १० लाख ९९ हजार नौ सयमा भद्रीखोलामा दुई रोपनी चार आना एक दाम जग्गा खरिद गरेको र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत सो जग्गामा रु ४३ लाख ६८ हजार खर्चेर १३ वटा घर निर्माण भएको प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले बताउनुभयो ।

लामो समयदेखि कष्टकर जीवन बिताउन बाध्य भएका वादी समुदायको समस्या हल गर्न पाउँदा आफूलाई निकै खुसी र आनन्दको अनुभूति भएको नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताउनुभयो । स्थानीय वडा समिति र नगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयानुसार अत्यन्तै कष्टकर जीवन बिताएका बादी समुदायलाई घर बनाइदिने आफूहरुको चुनावी प्रतिबद्धताअनुसार उक्त घर निर्माण भएको सन्धिखर्क नगरपालिका–२ का वडाध्यक्ष मोतिजङ्ग रायमाझीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस