लिम्बु कथानक चलचित्र तिम्मकको पोस्टर सार्वजनिक


ललितपुर, ६ भदौ । लिम्बु कथानक चलचित्र “तिम्मक”को पोस्टर सार्वजनिक भएको छ । शनिवार ललितपूरस्थित युङ्चाहिम सेकुवा कर्नरमा एक कार्यक्रम गर्दै पोस्टर सार्वजनिक गरिएको हो । माओवादी जनयुद्ध शुरु भएपछि लिम्बु जातीय संस्कारसँग जोडिएको तिम्मक (बन्दुक)हरू खोसिसँगै लिम्बु संकार संस्कृतिमा परेको प्रभावलाई चलचित्रमा देख्न सकिने चलचित्र निर्माण पक्षले बताए ।

चलचित्र तिम्मकको छायांकन तेह्रथुमको मेन्छ्यायेम गाउँपलिकाका रमणीय स्थलहरूमा गरिने र सोहि ठाउँका स्थानीय कलाकाहरूलाई ग्रुमिङ गरि अभिनय गराउने निर्माण पक्षले जनाएको छ । रोमियो फिल्म्स प्रा.लि.को व्यानरमा बनेको उक्त चलचित्रको लेखन तथा निर्देशन खगेन्द्र पन्धाक र बीबी लिम्बुको सहनिर्देशन रहेको छ । किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापो पन्धाकको निर्माण रहेको चलचित्र तिम्मक दशैसम्ममा प्रदर्शन हुने आयोजकहरूले जानकारी दिएका छन् । “तिम्मक” पन्धाक दाम्पतिद्वारा निर्मित तेस्रो चलचित्र हो । उनिहरूको यसअधि पनि नेपालि चलचित्र घरजम र थात्थालो प्रदर्शन भइसकेका छन् ।

यो पनि -भिडभाड नगरी चाडपर्व मनाउन आग्रह

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताउनुभयो । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको उहाँले जानकारी दिनुभयो । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताउनुभयो ।

कोभिड–१० को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाडवाडका बेलामा पनि सोही प्रक्रिया अपनाइने भएको छ । उपत्यकामा यही ८ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ । काठमाडौँ जिप्रकाले अहिले पनि कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले जनैपूर्णिमासँगै सोमबार हुने गाईजात्रा भिडभाड नगरी मनाउन अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गर्नुभएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सरकारको आदेश र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाअनुसार नै शान्ति सुरक्षा, कोभिड सङ्क्रणम नियन्त्रण र भिडभाड रोक्न ७७ वटै जिल्लामा प्रहरी परिचालन भइरहको छ । निषेधाज्ञाका बेलामा पनि ठाउँठाउँका व्यापारिक केन्द्र, मठमन्दिर र सार्वजनिक क्षेत्रमा भिडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ । आज जनैपूर्णिमाका दिन विभिन्न शक्तिपिठमा मानिसको भिड थियो ।

 

प्रतिक्रिया दिनुहोस